काठमाडौँ । सरकारले पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको प्रवद्र्धन तथा बजारीकरण गर्न चियाको ट्रेसिङ गरी ब्राडिङ्ग गर्न भएको छ । निजी क्षेत्रले चियाको ब्रान्डिङ गरि विक्री वितरण गर्ने गरेको भएपनि सरकारले भने चियाको ब्रान्डिङ गरेको थिएन । पहिलो पटक इलामको पहाडी क्षेत्रमा उत्पादन हुने चियाको ट्रेसिङ गरी ब्रान्डिङ गर्न लागेको हो । चिया निर्यातको दिगो विकास परियोजना कार्यक्रम तयार पारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफि विकास बोर्डको सहकार्यमा चियाको ट्रेसिङ गरी ब्रान्डिङ गर्न लागेको मन्त्रालयका उपसचिव दुर्गाप्रसाद भुसालले जानकारी दिए । उनले परियोजनाको लक्ष्य अनुसार २०२३ जुन महिना सम्ममा चियाको ब्रान्डिङ गरी सक्नु पर्ने बताए ।
मन्त्रालयका उपसचिव दुर्गाप्रसाद भुसालका अनुसार चियाको ट्रेसिङ भनेकोे किसानले चिया रोप्ने देखि चियामा मल राख्ने चियाको कटिङ, ग्रेडिङ,प्याकेजिङ लगायतका सबै प्रक्रियाको जानकारी लिएर रिर्पोट गर्ने हो । भुसालले भने,‘यसरी चियाको ट्रेसिङ गरेर ब्रान्डिङ गर्दा नेपाली चियाको गुणस्तर बढ्नुका साथै अन्तर्राष्ट्रिय बजारमा चियाको मुल्य बढ्ने छ । साथै नेपाली चियाको आप्mनो छुट्टै पहिचान हुने छ ।” चियाको टे्सिरङ गरी ब्रान्डिङ गर्दा चिया किसान, उद्योगी देखि लिएर देशको अर्थतन्त्र बलियो बनाउन समेत ठुलो सहयोग पुग्ने उपसचिव भुसालको भनाइ छ । उनले भने, “यसका लागि ३ वर्षको समय सिमा निर्धारण गरेको छ । यसैगरी परियोजनाका लागि १७ करोड लागनी रहेको छ । चियाको टे«सिङ गर्ने काम राष्ट्रिय चिया तथा कफि विकास बोर्डले गर्छ भने अन्य चियाको अन्तर्राष्ट्रिय बजारीकरण देखि नीतिगत कार्यमा सहयोग तथा सहजीकरण गर्ने काम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गर्छ ।, “उनले भने, यसका लागि चिया किसान, उद्योगी र व्यापारीहरुसँग समेत छलफल भइसकेको छ ।
उपसचिव भुसालले नेपाली चिया निर्यातको दिगो विकासका लागि सरकारले पहिलो पटक इलाम जिल्लामा उत्पादन हुने चियाको ट्रेसिङ गरी ब्रान्डिङ गर्न थालेको बताए । किसानले चियाको बिरुवा रोप्ने देखि प्याकेजिङ गर्दा सम्मको प्रक्रियालाई टेसिङ गरेर नेपाली ब्रान्डिङमा अन्तर्राष्ट्रिय बजारमा जाँदा नेपालीको चियाको सहि पहिचान हुने उपसचिव भुसालको भनाइ छ । उपसचिव भुसालले भने,“ नेपालमा लामो समय देखि चिया खेती हुँदै आएको भएतापनि अन्तर्राष्ट्रिय बजारमा राम्रो पहिचान बनाउन सकेको छैन । अहिले अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको छुट्टै पहिचान तथा प्रवद्र्धन गर्न टेसिङ गरी ब्रान्डिङ गर्न लागेको हो ।” चियाको टेसिङ गरी ब्रान्डिङका साथै चिया क्षेत्रमा लगानी तथा उत्पादन बढाउने समेतका कार्यक्रम गर्न थालेको उपसचिव भुसालले जानकारी दिए ।
राष्ट्रिय चिया तथा कफि विकास बोर्डका निर्देशक दीपक खनालले चियाको टेसिङ गरी ब्रान्डिङ गर्न चिया किसानहरुलाई तालिम, स्थलगत अध्ययन, चिया किसान उद्योगी तथा व्यापारीहरुसँगको छलफल भइसेकको बताए । उनले इलामको पहाडी क्षेत्रमा प्राङ्गारीक चिया उत्पादन गर्ने करिब २ हजार किसानको छनोट गर्ने बताए । निर्देशक खनाले ब्रान्डिङ गर्दा अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको पहिचान बढ्ने बताए । निर्देशक खनालले चिया निर्यातको दिगो विकास परियोजनाले कार्यक्रमको मुख्य उद्देश्य नेपाली अग्र्रानिक चियालाई प्रमाणीकरण गरी अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्ने रहेको बताए । नेपाली चियाको उत्पादनलाई गुणस्तरीय बनाएर बजारीकरण गर्दा अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली चियाको विश्वास वातावरण बन्ने उनका भनाइ छ । उनले नेपाली चिया अहिले अन्तर्राष्ट्रिय बजारमा वार्षिक ३ अर्बको निर्यात भइरहेको छ ।
गोरखा स्टेट टिका अध्यक्ष उदय चापागाईले सरकारले चियाको टे«सिङ गरी ब्रान्डिङ गर्दा साना तथा मझौला किसान र उद्योगीलाई चियाको बजारीकरण गर्न सहज हुने बताए । उनले नेपाली चियाको ब्रान्डिङ गर्न किसानलाई चियामा मल राख्ने देखि चिया कटिङ, प्रशोधन, प्याकेजिङ लगायतका कुराहरुको राम्रो तालिम दिनु पर्ने बताए । उनले सरकारले पहिलो पटक अहिले चियाको ट्रेसिङ गरी ब्रान्डिङ गर्न लागेको भएपनि आपूmले २०७२ बाट देखि ६ सय रोपनीमा उत्पादन भएको चियालाई ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजार विक्री गरी रहेको बताए । ब्रान्डिङ गर्दा लागत धेरै पर्ने भएपनि चियाको गुणस्तर राम्रो हुने उनको भनाइ छ । उनले ब्रान्डिङ गरेर चिया विक्री गर्दा आप्mनो गुणस्तर अनुसार मुल्य पाइने बताए । अध्यक्ष चाँपागाईले चियाको गुणस्तर हेरेर ३ सय रुपैयाँ देखि एक हजार रुपैयाँ केजीमा विक्री भइरहेको बताए ।