मीनी ट्रकको ठक्करबाट नेपालीको मृत्यु

तनहुँ । जिल्लाको शुक्लागण्डकीनगरपालिकामा मीनी ट्रकले ठक्कर दिँदा एक मजदुरको उपचारका क्रममा मृत्यु भएको छ ।

ट्रकमा रड अनलोड गर्ने क्रममा पछाडीबाट आएको मिनि ट्रकले एक्कासी ठक्कर दिँदा रडमा च्यापिएर केशव नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले बताए ।

प्रहरी प्रमुख सिलवालका अनुसार दुलेगौडा स्थित रिमाल हार्डवयेर सेन्टरमा काम गर्दै आएका नेपाली शुक्लागण्डकी – ८निवासी हुन् ।

हार्डवेयरको गोदाममा रड अनलोड गर्दा पछाडीबाट आएको ग १ क ४९१२ नम्बरको मिनि ट्रकले नेपालीलाई रडसँगै च्याप्दाँ उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि पोखरा स्थित शिक्षण अस्पतालमा पठाईएकोमा उपचारका क्रममा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँ दमौलीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 242 times, 1 visits today)

epaper

ताजा समाचार

आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने