Monday, September 27, 2021
Your Ads Here
Homeअर्थबाढी बढ्दा डुबाउने चिन्ता, घटदा जमिन कटानको डर

बाढी बढ्दा डुबाउने चिन्ता, घटदा जमिन कटानको डर

ईश्वर तामाङ,
sharethis

 

चिलिया टप्पु (उदयपुर) । सप्तकोशी नदीको बहाब गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका पाँच वडाका दर्जन बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । बाढी आउँदा डुबाउला कि भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरुलाई सताउने गरेको छ ।

स्थानीयबासी वषौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । कोशी सम्झौता अनुसार भारत सरकारले नदीको दुवै तर्फ तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको बताउँछन् सप्तकोशी नदीकै छेउमा घर र खेती भएका बराह क्षेत्र नगरपालिका– ६ का बाजाहाङ लिम्बु । ‘नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउन पनि सकिएको छैन ।’ उनले भने ।

सप्तकोशी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्दछ । बर्खामा नदीले वर्षेनी धेरै मात्रामा जनधनको क्षति पु¥याउँदै आएको छ भने बाढी आउँदा घर जग्गा डुबाउने गरेका छ भने घट्दा किनारामा जमिन कटान तीव्र हुने गरेको छ । वर्षौदेखी यो समस्या भोग्दै आएका सप्तकोशी किनाराका हजारौंँ बासिन्दा मध्ये कतिपय घरबार बिहीन भइसकेका छन् ।

पछिल्लो समय सप्तकोशीले धार परिर्बतन गरि पश्चिम तर्फ कटान गर्दा बेलका नगरपालिका– २, ३, ८ र ९ उच्च जोखिममा परेको छ । सप्तकोशीले धार परिवर्तन गरि उदयपुरको बेलका नगरपालिका– ८ को लाहुरे खोचमा कटान गरि नदि पस्न लागेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्ष ४ हजार घर परिवार उच्च जोखिममा परेका हुन् ।

कोशीले ६ सय मिटर कटान गरि सकेको छ भने अब २ सय मिटर कटान गरेमा भने त्यहाँ बसोबास गर्ने ४ हजार घर परिवार बिस्थापित हुन सक्नेछन् । बराह क्षेत्र नगरपालिका– ६ का वडा सदस्य श्यामबहादुर लिम्बु भन्छन् ‘रोक थाम गर्न नसके बेलका नगरपालिकाका– २, ३, ८, ९ बराहक्षेत्र नगरपालिका– ६ सहित सप्तरीको फत्तेपुर, कन्चनरुपम, भारहद, राजबिराज हुँदै कुनैली नाका भएर नदि बग्ने छ ।’

सप्तकोशी कटानले गर्दा बराह क्षेत्र नगरपालिका– ६ चिलिया टप्पुमा रहेको बाल सेवा आधारभूत बिद्यालय, जनता आधारभूत बिद्यालय, कौशिका आधारभूत बिद्यालय बेलका नगरपालिका– ३ तर्फ सरस्वती आधारभूत बिद्यालय सहित २ वटा स्वास्थ्य संस्था बिस्थापित भई सकेको वडा सदस्य लिम्बुले बताए । त्यहाँ रहेको एकता, सिर्जना, एबिसि, गिनेरी, रामनगर, बुधवारे, चिलिया टप्पु बिस्थापित हुने तयारीमा रहेको उनले बताए । सप्तकोशीको चार वटा भगालो छ । पुर्व पट्टिको भगालोले राजाबास चक्रघट्टी तर्फ कटानलाई तीब्र बनाएको छ भने पश्चिम पट्टिको भगालोले उदयपुर तर्फको चिलिया टप्पुमा क्षति प¥याएको छ । सबै भन्दा खतरा पश्चिम भगालोमा रहेको छ ।

निरन्तरको वर्षाको कारण नदीमा बढेको पानीको बहावले स्परको करिब ६० मिटर भाग कटान गरेपछि अस्थायी रुपमा मर्मत थालेको जनाएको छ । कटान गरेको क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, स्थानीय तह, निमित्त प्रमुख जिल्ला अधिकारी र स्थानीय सरोकारवालाहरुले आईतवार स्थलगत अनुगमन गरि कटान रोक्नमा निगरानी गरि तत्काल मर्मत गर्न प्रदेश सरकार, प्रदेश योजना आयोग र संघिय सरकारमा आग्रह गर्ने जिल्ला विपद ब्यवस्थापन समिति उदयपुरबाट निर्णय गरि जानकारी गराएको बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले जानकारी दिए ।

निरन्तर परेको बर्षाका कारण सप्तकोशीले पश्चिमतर्फ धार परिबर्तन गर्दा बेलका नगरपालिकाका वडा नं २ , ३ , ८ र ९ उच्च जोखिममा परेको निमित्त प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलले बताए । स्थलगत अनुगमनपछि आइतबार बेलका नगरपालिकाको सभा हलमा जिल्ला बिपद् व्यवस्थापन समिति उदयपुरको बैठक बसेको छ । निमित्त प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको र बैठकले सप्तकोसीमा आएको उच्च बाढीले बेलका नगरपालिका–८ लाहुरेको खोच परियोजनाबाट कटान गर्दै नदिको धार तथा बहाव नगरको २, ३, ८ र ९ तथा सप्तरी जिल्लाका विभिन्न स्थानमा समेत जनधनको क्षतिलाइ मध्यनजर गर्दै तत्कालै बाँध लगाउने, ह्याभी इकुमेन्ट प्रयोग गर्ने, सिचाइ डिभिजनसंग सहकार्यमा लन्चिङ ड्याम, स्यान्ट रकिङ र तारजाली भरि कटानका संभावित क्षेत्रका स्थानीयलाई उद्दार तथा राहतको व्यवस्थापन गर्ने निर्णय भएको नगर प्रमुख दुर्गाकुमार थापाले बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थपियाे

सम्झौता अनुसार भारतले काम नगर्दा समस्या

सप्तकोशी १२ वर्ष अघि १० नम्बर स्परबाट कोशी करिब ५/६ सय मिटर पश्चिम भएर बग्ने गरेको थियो । तर यो बर्ष तिव्र पानीको बेगका कारणले बहाब पूर्वी किनारामा ठोकिएको हुँदा कटान थालेको हो । बराह क्षेत्र नगरपालिकाको ११ वटा वडा मध्ये वडा नं. ३, ४ र ५ बाहेक सबै वडा सप्तकोशी नदीको उच्च जोखिममा परेको छ ।

सुनसरीको भाण्टाबारी कोशी व्यारेज देखि उत्तर बराह क्षेत्र सम्मका बांध मर्मत सम्भार गर्ने र कटान नियन्त्रण गर्ने मूख्य दायित्व भने भारत सरकारको रहेको छ । कोशी व्यारेज निर्माण गरेको बेला देखिको सो सम्झौता अनुसार भारत सरकारले बर्षेनी कटान रोक्ने प्रयास गरेपनि पूर्णरुपमा सफल हुन नसक्दा नेपाली भूभाग वर्षेनी कटान र डुबानमा पर्दै आएको हो ।
कोशी तथा बक्राहा नदि नियन्त्रण आयोजना बिराटनगरका अनुसार कोशी सम्झौता अनुसार चतरा देखि ब्यारेज सम्म सप्तकोशीको दुवै किनारा भारत सरकारले तटबन्ध निर्माण गर्ने सम्झौता छ । कटान भएको बेला अस्थायी रुपमा भारत सरकारले मर्मत गर्दै आएको भएता पनि सम्झौता अनुसार भारत सरकारले तटबन्ध निर्माण नगरेका कारण यस्तो समस्या आएको हो ।

१९५४ मा भएको त्यो सन्धि

नेपाल र भारत बिच सन १९५४ अप्रिस २५ मा कोशी सम्झौता भएको थियो । सिंचाई, यातायातको बिकास गर्ने उद्देश्यले कोशी सम्झौता भएकोे हो । भारतका तत्कालिन प्रधानमन्त्री जबहारलाल नेहरु र नेपालका तत्कालिन प्रधानमन्त्री मातृकाप्रसाद कोईराला बिच कोशी सम्झौता भएको थियो । सो कोशी सम्झौता अनुसार भारत सरकारले ब्यारेज देखि चतरा पुल सम्मको सप्तकोशी नदिको दुवै किनारामा तटबन्ध निर्माण गर्नु पर्ने सम्झौता उल्लेख छ । तर सम्झौता अनुरुप निर्माण नगरिदा यस्तो बिपत आएको हो । सप्तकोशी आसपास पुखौंदेखि बसोबास गर्दैै आएका हजारौ मानिस बिस्थापित हुने खतरामा छ । कोशीमा वर्षाको भेल बढ्न थाल्दा उदयपुर र सुनसरीका धेरै जनता तटबन्ध फुटेर निम्तन सक्ने बिपत्तिबाट त्रसित हुने अबस्था झनझन बढ्दै गएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   धुवाँलाई हाइड्रोजनमा परिणत गराैं, व्यापार घाटा कम गराैं

सम्झौता अनुसार कोशी पुलको ढोकाबाट बर्षातमा ९ लाख घन मिटर पानी रोक्ने सम्झौता थियो । तर अहिले त्यो भन्दा बढी रोक्ने गरेको पाईन्छ । ब्यारेज निर्माण पश्चात नेपाल तर्फ झण्डै ९ हजार हेक्टर जमिन सदाका लागि आहालमा परिणत भयो । पम्प नहर र बितरण प्रणालीबाट नेपालको २४ हजार हेक्टर जमिनमा सिँचाई उपलब्ध गराउने लक्ष्य सहित कोशी सम्झौता भयो । तर योजनाका कारण सप्तरीको झण्डै ३३ हजार हेक्टर जमिन उल्टै डुबानमा प¥यो । योजनाको लक्ष्यमुताबिक सबै क्षेत्रमा सिँचाई नहर कहिल्यै पुग्न सकेन । नेपालले सम्झौता अनुसार पश्चिम नहरबाट सिँचाईका लागि ७ हजार क्युसेक पानी पाउनु पर्नेमा ७२० क्युसेक पनि उपभोग गर्न पाएको छैन ।

भारतीय बिशेषज्ञ टोलीले सन १९८१ मा सप्तकोशीको बाढीले भारत तर्फका ७६८० हेक्टर र नेपाल तर्फका ७३८ हेक्टर भुमि वर्षेनी क्षति भई रहेको प्रतिवेदनमा औल्याएका थिए । वर्षा याममा सप्तकोशी नदिमा पानीको बहाब एक सेकेण्डमै २६ अर्ब घनसेन्टिमिटर सम्म पुग्दछ ।

सप्तकोशी सबै भन्दा धेरै लेदो बोक्ने नदी

जापान सरकारको जाइकाले सन १९८५ मा गरेको अध्यायन प्रतिबेदनले सप्तकोशी संसारकै बढी लेदो बोक्ने नदि मध्ये पर्दछ । जलाधारमा अत्यधिक पहिरो र भूक्षय हुने कारणले कोशीले एक वर्षमै करिब ११ करोड ९० लाख घनमिटर लेदो ओर्सादछ । सप्तकोशी नदिले आधा किलोमिटरमा साँधुरिएको स्थानमा यसले एक वर्षमा बोक्ने थिग्रेनीलाई जम्मा गर्दा यसमा आधा किलोमिटर चौडा र स्वायम्भुको डाँडो जत्रै अग्लो बाँध सजिलै बन्न सक्ने प्रतिवेदनमा उल्लेख छ । कोशीको औसत बहाब १६३८ घनमिटर प्रतिसेकेण्डलाई आधार मान्दा वर्ष भरिमा झण्डै ५२ लाख अर्ब घनमिटर पानी बग्दछ । कोशीमा एक दिन बग्ने पानीले काठमाण्डौ उपत्यकामा झण्डै २ वर्षका लागि खानेपानीको गर्जो टार्न सक्तछ । यसको कुल जलाधार क्षेत्र ९२ हजार ५ सय ३८ वर्गकिलोमिटर मध्ये ४१ हजार ३ सय ३३ वर्गकिलोमिगर नेपालमा पर्दछ ।

 

तपाइको प्रतिक्रिया

(Visited 81 times, 1 visits today)

आजको समाचार

मन्त्रिपरिषद् विस्तार कहिले ? नैराश्यता बढ्दै

काठमाडौं । सरकारी संयन्त्रलाई चुस्त दुरुस्त बनाउने र जनताप्रति उत्तरदायी बन्नुपर्ने सरकार राजनीतिक किचलोको सिकार बन्दै गएको छ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलबीच सरकार...

अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थपियाे

काठमाडाैं ।  काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । सरकारले भोलिदेखि दसैँमा घर जानका लागि लामो तथा...

खुल्यो मुक्तिनाथ मन्दिर, खाेप लगाएकाले पूजा गर्न पाउने

मुस्ताङ ।  मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते...

एक हजार ६०० जना कामका लागि इजरायल जान पाउने

  काठमाडाैं ।  नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक...

परराष्ट्रमन्त्री भेटवार्तामा व्यस्त

  काठमाडाैं । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले शनिबार बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरेका छन्...

साताका लोकप्रिय समाचार

कपनमा ढलमा खसेर बालक बेपत्ता

काठमाडौं । संघीय राजधानी काठमाडौंकै ढल व्यवस्थापन व्यवस्थित नहुँदा ढलमा खसेर मानिसको मृत्यु हुने तथा बेपत्ता हुने घटना फेरि दोहोरिएको छ । काठमाडौंको कपनमा...

अनअराइभल भिसा खुलेपछि व्यवसायी उत्साहित

काठमाडौं । बन्द भएको डेढ वर्षपछि सरकारले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुला गरिदिएपछि अहिले व्यवसायीमा उत्साह छाएको छ ।...

बजेट व्यवस्थापनमा ध्यान देऊ

ओली सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएर प्रतिनिधिसभामा प्रस्तुत गरी पारित गरेपछि बजेट होलिडेका कारण देशमा दैनिक काम धान्न...

‘देउन माया सुन्तला’

काठमाडौं । लोक शैलीको 'देउन माया सुन्तला' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा चेतबहादुर बुढाथोकीको शब्द संगीत र सुनिता बुढा क्षेत्री र चेतबहादुर बुढाथोकीको स्वर...

सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न...

ट्रेन्डिङ

गण्डकीमा कोरोना जित्नेहरु १० पुगे

पोखरा । गण्डकी प्रदेशअन्तर्गत बागलुङ, लमजुङ र स्याङ्जा गरी हालसम्म १० जना कोरोना संक्रमित बिरामी उपचारपछि डिस्चार्ज भएका छन् । आइसोलेसन वार्डमा रही उपचाररतमध्ये...

दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (फाेटाेफिचर)

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले राजधानीमा शक्ति प्रदर्शन गरेकाे छ । राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको छ...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)