दैलेख । विश्वभरि फैलिँदै गइरहेको कोरोना भाइरसबाट बच्नको लागि दैलेखमा सर्जिकल मास्क पाइँदैन । सर्जिकल मास्क पाईने जिल्ला सदरमुकाममा मास्क बढी मुल्यमा विक्री गर्नका व्यापारीले लुकाउन थालेपछि दैलेखमा मास्क नपाईएको हो ।
दैलेख जिल्लाका ११ वटा कुनैपनि स्थानीय बजारमा सर्जिकल मास्क पाईदैन । मास्क नपाईने हुँदा कोरोनाबाट बच्दिैनकी भनेर स्थानीयबासी त्रसित भएका छन् ।
दैलेखको जिल्ला सदरमुकाम नारायण नगरपालिका, भगवतीमाई गाउँपालिकाको बेस्तडा, गुराँस गाउँपालिकाको धर्मपोखरा, कान्छी बजार, गुराँसे, तल्लो डुङ्गेश्वर डुगेश्वर गाउँपालिकाका डुंगेश्वर, चुप्रा, नौमुले गाँउपालिकाको नौमुले बजार, महाबु गाउँपालिकाको गैडाबाज बजार, दुल्लू नगरपालिकाको दुल्लूबजार, शान्तीबजार, चगत्रा, किर्तिखम्ब, भैरवी गाउँपालिकाको डाडीमाडी, सिलंगी खम्बेगाडे बजार, चामुण्डाविन्द्रासैनीको जम्बुकाँध, हाडाकोट बजार ठाटिकाँध गाउँपालिकाको ठाटिकाँध, मटेला र बाहकोट बजार आठविस नगरपालिकाको रामघाट, डाब, टुनिवगर, खिड्कीज्यूला बजारमा समेत मास्क नपाइने गरेको ती गाउँपालिकाले जनाएका छन् ।
मास्क दैलेखका कुनै पनि मेडिकल र अन्य पसलमा समेत पाईदैन दुल्लूनगरपालिकाको डिल्ली नेपालीले बताए । ‘खोज्न थालेको तीन दिन भयो व्यापारी भोली आउँछ भन्छन् तीन दिनसम्म आएन’, उनले भने । नेपाल सरकारले दैलेखमा कोरोना रोगबाट बच्ने सर्जिकल मास्क लुकाउनलाई दुई लाख कारवाही गर्ने घोषणा गरेपनि जिल्लाका ११ वटा स्थानीयतहमा मास्क नपाइने गरेको आठविस नगरपालिकाका अर्जुनबहादुर शाहीले बताए । उनले भने, स्थानीयबासी कोरोनाबाट बच्न मास्क खोजी गर्दा नभेटाएपछि झनै त्रसित बनेका छन् ।
मास्क नपाउँदा मान्छेको मलामीमा अनिवार्य रुपमा जानैपर्ने ठाउँमा समेत मलामीको संख्या दिनप्रतिदिन घटदै गएको नारायण नगरपालिका टोपबहादुर थापाले बताए । कोरोना त्रासले गर्दा यहाँ मास्क नपाउँदा मानिस मलामी जाने संख्यामा कमी आएको छ । बुधवार आफन्त मरेको ठाउँमा मान्छे घरमै हुँदा मलामी नगएको उनले दुखेसो पोखे ।
लास बोक्न जाँदा मानिस हुलमा जानुपर्ने भएकाले मास्क नहुँदा मलाम जान छोडेको ठाटिकाँध बजारमा जनसेवा मेडिकलका सञ्चालक नरबहादुर शाहीले बताए । उनले भने, ‘पहिला मास्क ल्याइएन । आजभोली ल्याउन जाउँ भने आफुलाई नै रोगले भेटाउने होकी भन्ने त्रास छ कसरी जाने ? मसँग भएका सबै मास्क बिक्री भइसके ।ड २ लाख ६१ हजार ७ सय ७० जनसंख्या रहेको दैलेखमा दैनिक २ लाखभन्दा बढी सर्जिकल मास्क खपत हुने जिल्ला समन्वय समिति दैलेखले जनाएको छ ।