बागलुङ । नेपाल बंगलादेश बैंक बागलुङ शाखा प्रमुख विकास पौडेल मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन् ।
कर्जा प्रवाहको लागि धितो मूल्याङ्गकन गर्न बागलुङ नगरपालिका–१ रामरेखा जाँदै गर्दा ३७ वर्षीय पौडेल आफैँ चलाएको बा ९२ प २९२० नम्बरको मोटर साईकल दुर्घटना हुँदा घाइते भएका हुन् ।
मरेपिपल हुँदै रामरेखाको भित्री सडकमा गुडीरहेको मोटरसाइकल अनियन्त्रित भई सडकबाट ६ मिटर तल खसेको थियो । घाइते पौडेललाई धौलागिरी अञ्चल अस्पताल बागलुङमा सामान्य उपचारपछि थप उपचारका लागि ग्राण्डी अस्पताल काठमाडौं पठाइएको छ ।
बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थाप घर भएका पौडेललाई हेलिकप्टर मार्फत उद्धार गरिएको धौलागिरी अंचल अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले जानकारी दिए ।
दुर्घटना भएको स्थानमा सडक मर्मतको काम भैरहेको छ । सोही मोटर साईकलमा सवार २० बर्षिय रुपेश सापकोटा भने सामान्य रहेकोे जिल्ला प्रहरी कार्यालय बागलुङका हवल्दार प्रेम खड्काले जानकारी दिए ।