ठाडोभाकाका साधकलाई सम्मान

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

लमजुङ । लमजुङमा ठाडोभाकाका पुराना साधकलाई सम्मानको तयारी गरिएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले आफ्नो चौथो स्थापना दिवसका अवसरमा यही शुक्रबार उनीहरूलाई सम्मान गर्ने निर्णय गरेको हो ।

सम्मानित हुनेहरूमा ९४ वर्षका तुलबहादुर दुरा, ९२ वर्षीया कालुमाया दुरा, ८७ वर्षका देवीबहादुर दुरा, ८५ वर्षीय भक्तिमाया गुरुङ, ८० वर्षीय गद्दु गुरुङ र हाल बेलायत निवासी ७५ वर्षीय धनबहादुर गुरुङ भएको ठाडोभाका लोककला प्रतिष्ठान नेपालका महासचिव रूपीन्द्र प्रभावीले बताए । प्रभावीका अनुसार उनीहरूले यौवनकालदेखि ठल्कँदो उमेरसम्म ठाडोभाकाको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा विशेष योगदान गर्दै आएका थिए ।

प्रतिष्ठानले यसअघिका वर्षमा ठाडोभाका शिरोमणि भेडीखर्के साइला, ठाडोभाकाका गायक गायिका ७१ वर्षीय दिलरानी भन्ने बुद्धिमाया गुरुङ, ६५ वर्षीया साइली भनिने शिवमाया दुरा, ६३ वर्षीय सुवेदार सन्तबहादुर गुरुङ तथा लोकगायिका माया गुरुङलाई सम्मान गरिसकेको छ ।

प्रतिष्ठानले स्थापना दिवसकै अवसरमा यस वर्षदेखि ठाडोभाकाको खुला प्रतियोगितासमेत राख्ने तयारी गरेको छ । प्रतियोगितामा पहिलो हुने टिमलाई पहिलो पुरस्कार २५ हजार र प्रमाणपत्र, दोस्रो पुरस्कार १५ हजार र प्रमाणपत्र, तेस्रो पुरस्कार १० हजार र प्रमाणपत्र प्रदान गरिने भएको छ । साथै प्रतियोगितामा गाउन आउने सहभागी टोलीलाई गीत गाएपछि ३ हजार रुपैयाँका दरले बाटो खर्च दिइने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

epaper

ताजा समाचार

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश