रुक्माङ्गद कटवाल भन्छन् : सार्वजनिक ओहोदामा बस्नेले आलोचक पाल्नुपर्छ

 

ड्यालस (अमेरिका) । नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालले सार्वजनिक ओहोदामा बस्ने व्यक्तिले आफ्नो आलोचना गर्ने व्यक्ति पाले मात्र सफल हुन मद्दत मिल्ने अनुभव सुनाएका छन् ।

शनिबार टेक्ससको ड्यालसमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आयोजना गरेको सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा कटवालले बाहिरको प्रतिक्रिया बुझ्न आफूबाट गरेका सही एवं गलत कार्यहरुका बारेमा यथार्थ जानकारी लिनका लागि आलोचकहरु तयार पारेर उनीहरुको कुरा आफूले सुनेका अनुभव प्रस्तुत गरे ।

‘पदमा हुँदा चाकडी गर्नका लागि आफ्ना बारेमा राम्रा कुरामात्र सुनाउने जमातहरु हुन्छन् । तर तिनका कुराभन्दा आलोचकका कुरा सुनेमा आफूबाट कामको दौरानमा भए गरेका गल्ती कमजोरी सुधार्न सहयोग पुग्छ’, कटवालले भने ।

प्रधान सेनापति पदमा वहाल हुँदा बाहिरका आलोचनाहरु, प्रतिक्रियाहरु बुझ्नका लागि एक जना वरिष्ठ सैनिक अधिकारीलाई जिम्मा नै दिएको प्रसङ्गसमेत उनले जोडे । राजा अकबरदेखि लिएर महेन्द्रसम्मले आलोचकहरु तयार पारेर सफल भएको सन्दर्भ प्रस्तुत गर्दै उनले भने ‘खराब नियत भएको आलोचक होइन, असल नियत भएको र नडराई यथार्थ कुरा भन्न सक्ने आलोचकहरु तयार पार्नु पर्छ ।’

पृथ्वीनारायण शाहका कारण अहिलेको नेपाल देश भन्न पाइएको उल्लेख गर्दै कटवालले इतिहास मेट्न नहुने धारणा राखे । संसारका कुनै पनि देशले आफ्नो इतिहास मेटेका छैनन् भन्दै उनले भारतदेखि बेलायत, अमेरिका कुनै पनि देशले आफ्नो इतिहास नमेटेको र नेपालले पनि पृथ्वीनारायण शाहको इतिहास मेट्न नहुने उल्लेख गरे ।

आफ्नो सक्रियतालाई अनुमान गरेर विभिन्न व्यक्तिहरुले राजनीतिक दल खोल्न लागेको अनुमान गरे पनि आफू त्यसतर्फ नलागेको उनले बताए । ‘मैले बोल्न पाएकै छु, हिँडडुल गर्न पाएकै छु । किन दल खोल्नुपर्‍यो ?’, उनले प्रश्न गरे ।

अमेरिका भ्रमणमा रहेका कटवाल शुक्रबार र शनिबार ड्यालसका विभिन्न संघसंस्थाहरुले आयोजना गरेको कार्यक्रममा व्यस्त थिए । पदावधिको केही महिनामात्र बाँकी हुँदा २०६६ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हठात निर्णय गरेर प्रधान सेनापतिबाट हटाउने निर्णय गरेपछि कटवाल त्यसयता निकै चर्चित छन् । कटवाललाई हटाउने निर्णयका कारण तत्कालीन माओवादी नेतृत्वको सरकार ढलेकाे थियो ।

२०६६ सालमा अवकाश पाएका कटवाल त्यसयता सामाजिक क्रियाकलापमा सक्रिय छन् । कार्यक्रम नेजा अध्यक्ष विकासराज न्यौपानेको सभापतित्व र महासचिव सुरज भण्डारीको सञ्चालनमा भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

‘अश्लील तीज गीत निकाल्नेलाई कारबाही गरिरहेका छौं’
काभ्रेमा ढुङ्गा उत्खनन गर्न रोक, अनुगमनपछि मात्रै अनुमति
बागलुङमा थप २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७७ पुग्यो
भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक
प्रदेश २ का प्रमुख राजेश झा अहिराजले गरे ३२ औं पटक रक्तदान
हरियो तरकारीमा विषादी बढ्दो

आजको समाचार

प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् : ओली
महाअभियोगको सामना गर्न प्रधानन्यायाधीश जबरा तयार

साताका लोकप्रिय समाचार

प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव
परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन गृह मन्त्रालयको आग्रह

भर्खरै

प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
Kumar Raut || 26 October 2021
जनकपुरधाम । प्रदेश २ सरकारले विश्वविद्यालय स्थापना सम्बन्धि २ वटा अध्यादेश सिफारिस गरेको छ । मन्त्री परिषदको आज सम्पन्न...

कुरी-कुरी