युएइ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा मुम्बइ इण्डियन्सले पञ्जावविरुद्ध सहज जीत निकालेको छ ।
पञ्जाव किङ्सले दिएको १३६ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । मुम्बइका लागि शौरभ तिवारीले सर्वाधिक ४५ रन बनाए भने हार्दिक पाण्डेयले ४० रन जोडे । कप्तान रोहित शर्मा ८ रनमा आउट हुँदा किरोन पोलार्ड १५ रनमा नटआउट रहे ।
पञ्जावका लागि आइडेन मार्करमले सर्वाधिक ४२ रन बनाउँदा कप्तान केएल राहुल २१ रनमा आउट भए भने क्रिश गेल १ रनमा एलविडब्ल्यु भए । जीतसँगै मुम्बई अंकतालिकाको ५ औं स्थानमा उक्लिएको छ भने पञ्जाव छैटौं स्थानमा पुगेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 154 times, 1 visits today)