व्यक्ति, विचार र व्यवस्था

देश बनाउन योग्य व्यक्ति चाहिँदो रहेछ । हाम्रो देशको सन्दर्भमा राजनीतिक व्यक्तिहरूले देश र जनताका समस्यालाई राजनीति गर्ने एजेन्डा बनाउने तर ठाउँमा पुगेपछि आफ्नो र आफन्जनको पालन पोषणमा अभ्यस्त हुने संस्कारले सुशासन शब्दमा मात्र सीमित रह्यो । विकास चुनावी घोषणापत्रमा मात्र सीमित रह्यो । प्रजातन्त्रका तीन दशकमा २७ पटक सरकारहरू फेरिए । व्यवस्था बद्लियो । विभिन्न दलका व्यक्तिहरू प्रधानमन्त्री वा मन्त्री भए । तर, जनताको अवस्था बद्लिएन । बरु कुशासन बढ्यो । भ्रष्टचार व्याप्त भयो । बेरोजगार विकराल सामाजिक समस्याको रूपमा राज्यका अगाडि खडा भयो । उद्योग धन्दाहरू खुलेनन् । सरकारी लगानीमा रहेका धेरै जसो उद्योग तथा संस्थान घाटामा गए । विभिन्न आस्था र विचार बोकेका राजनीति दलहरूबाट यो अवधिमा जनतालाई भ्रममा पार्ने काम गरियो । विचार र व्यवस्था सञ्चालन गर्ने व्यक्ति योग्य नभएको कारण प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र, गणतन्त्र जे भनिए पनि समस्याहरू ज्यूँका त्यूँ रहे । जनताले कतै पनि सुधारको अनुभूति गर्न पाएनन् ।

एउटा सक्षम व्यक्ति नेतृत्वमा पुग्यो भने उसले देश विकास र नागरिकको जीवनस्तरमा कायापलट गर्न सक्दो रहेछ । पछिल्लो समयमा चीनका राष्ट्रपति सिजिङ पिङ्ले गरेको प्रगति, मलेसियाका मोहम्मद महाथिरले गरेको विकास, इतिहासमा स्मरण गर्न योग्य सिङ्गापुरका विकास प्रेमी राजनेता लि क्वान यु, दक्षिण अफिकाका नेल्सन मन्डेलालगायतका कतिपय देशका व्यक्तिहरूको त्याग, तपस्या, भिजन, मिसन र एक्सनले ती देशले विकासको फड्को मार्न सफल भए । जनताले भौतिक विकासको अनुभूति गर्न पाए । हाम्रो देशमा राजनीतिक विचारको विकास र व्यवस्था परिवर्तनका लागि विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता प्रजातान्त्रिक नेताहरूको योगदान रह्यो ।

कम्युनिस्ट सिद्धान्तका नेताहरूमा पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीले पनि राजनीतिक विचारको विकास नगरेका होइनन् । उनीहरूले राजनीतिक व्यवस्था परिवर्तनका लागि ठूलो संघर्ष गरे । विचार र व्यवस्थाका लागि नेपाली जनतालाई जागृत बनाउने काम गरे । पछिल्लो समयमा पुष्पकमल दाहालको नेतृत्वमा युद्धमा होमिएको माओवादी आन्दोलनले पनि समाजमा राजनीतिक विचारमा उथुलपुथल ल्यायो । विचार र व्यवस्थाका लागि आन्दोलन, मृत्यु, गोली, झैझगडा व्याप्त भए । असझदारी, उग्र नारा, आदि इत्यादिको अभ्यासमा मुलुकले लामो समय गुजार्नुप¥यो । परन्तु, विकास र सुशासन एकादेशको कथा भयो । बरु धर्म, संस्कृति, संस्कार र अनुशासन नभएको राजनीतिले समाजमा छाडातन्त्र मौलाउँदो रहेछ भन्ने कुरा सबैले बुभ्नुपर्ने भएको छ ।

विचार र व्यवस्था सञ्चालन गर्ने व्यक्ति योग्य नभएको कारण प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र, गणतन्त्र जे भनिए पनि समस्याहरू ज्यूँका त्यूँ रहे

नेपालले राणातन्त्र, निरंकुश राजतन्त्र, संवैधानिक राजतन्त्र हुँदै गणतन्त्रसम्मको राजनीतिक विचार र व्यवस्थाको दु्रत परिवर्तन भयो । सात दशकमा सातवटा संविधान लेखिए । पछिल्लो समयमा संविधान सभाबाट गणतान्त्रिक संविधान बन्यो । तत्पश्चात् इतिहासमा लगभग दुई तिहाइको जनसमर्थको निर्वाचित सरकार बन्यो । पुँजीवाद, समाजवाद, जनवाद, गणतन्त्र, जनतन्त्र जे जे भने पनि मुलुक सञ्चालन गर्न सक्ने सक्षम व्यक्तिको अभाव आमनागरिकले महसुस गरेका छन् । हालसम्मको राजनीतिक विकास क्रममा विश्वजगत्मा हुने गरेका राजनीतिक सिद्धान्त, विचार र व्यवस्थाको अभ्यास नेपालमा भइसकेको छ । परन्तु, विचार र व्यवस्थाको परिवर्तनले मात्र देश विकास हुँदो रहेनछ । देश विकास गर्न त कम से कम एउटा सबैको आस्थाको धरोहर, इमानदार राजनेता चाँहिदो रहेछ । त्यागी व्यक्तिको खाँचो हुँदो रहेछ । जससँग देश बनाउने अर्जुन दृष्टि, भीष्म प्रतिज्ञा र दुरदर्शी भिजन होस् । मुलुकमा त्यस्तो व्यक्ति भएन । राज्य सञ्चालक केटाकेटी आए गुलेली खेलाएजस्ता पात्र प्रमाणित भए । फलतः अहिले अत्यन्त खर्चिलो राजनीतिक व्यवस्थाको पसल थापेर नेतृत्वमा पुग्नेहरू कुइरोको कागजस्तै भएका छन् । देश विकास गर्ने पदमा रहेकाहरू तँछाडमछाड गरिरहेका छन् । स्वार्थको खिचडी पकाइरहेका छन् ।

मुलुकलाई हाँक्न कठोर निर्णय क्षमता, दूरदर्शिता एवं देश र जनताको माया चाहिँदो रहेछ । राजनीतिक दल र यिनका सञ्चालक जनउत्तरदायी र जवाफदेही हुनुपर्दो रहेछ । नेतृत्वमा इमानदारिता चाहिँदो रहेछ । यही कुरा राजनीति गर्नेहरूमा भएन । देश विकासका लागि राम्रो योजना, चुस्त प्रशासन, विधिको शासन, सेवामुखी कर्मचारीतन्त्र अनिवार्य सर्त हो । अख्तियारवाला व्यक्तिले भ्रष्टहरूलाई कानुनको कठघरामा उभ्याउन सक्ने ऊ आफंै स्वच्छ व्यक्ति हनुपर्छ । आफंै त महादेव उत्तानो पर कसले देला वर भनेझैं नेतृत्वमा पुग्नेहरू नै भ्रष्ट भएपछि भ्रष्टलाई कारबाही गर्ने कुरै भएन । ठूलाठूला भ्रष्टाचारका प्रकरणमा तैं चुप मैं चुपको अवस्था छ । यसरी हेर्दा देश विकासको बाधक कपाल फुलेका हजुरबुबा पुस्ताका दर्जनको संख्यामा रहेका आपूmलाई नेता भन्ने व्यक्तिहरू हुन् । भ्रष्ट नेताका पछाडि लाग्ने कार्यकर्ता हुन् । तिनीहरूलाई मतदान गर्ने जनता हुन् ।

मुलुकमा राजनीतिक व्यवस्था बद्लियो । तर, राजनीतिको उच्च तहमा पुगेका व्यक्ति बद्लिन सकेनन् । राजनीतिमा पात्र र प्रवृत्ति बद्लिएन । नयाँ पुस्ताका नेता भनिनेहरू पनि सत्ताको चास्नीमा परेपछि अग्रजहरूका अन्धभक्त भए । बोली र भाषणमा क्रान्ति र रूपान्तरणका कुरा गरे तापनि व्यवहार अत्यन्त आत्मकेन्द्रित भयो । राजनीति आपूm र आप्mनालाई फलिफाप हुने भए जस्तोसुकै कुरालाई पनि टाउको हल्लाएर स्वीकार गर्ने र बोलीमा लोली मिलाउने राजनीतिकर्मीका कारण मुलुक राजनीतिक अस्थिरतामा अगाडि बढ्दै छ । घुम्दैफिर्दै रुम्जाटार भनेजस्तै देश फेरि पनि उही गरिबी, अभाव र विसंगतिको चक्रब्युहमा अझै भासिने सम्भावना बढ्दै गएको छ । स्थिर राजनीति र आर्थिक समृद्धिको पर्खाइमा रहेका नागरिक अहिले हिस्स बुढी किच्च दाँतको अवस्था छन् । गणतन्त्र आएको पनि १५ बर्ष बितिसक्यो । जनआन्दोलन २०६२÷६३ पछाडिको समयमा नागरिकले नयाँ राजनीतिक संरचनाअन्तर्गत एउटा संविधानको किताब, सातवटा प्रान्तीय सरकार, ७ सय ५३ वटा स्थानीय सरकारबाहेक जनताले जीवनमा के परिवर्तन भयो त ? गम्भीर प्रश्न खडा भएको छ ।

अक्षमहरूद्वारा सत्ता र शक्तिका लागि -याल काढ्ने र मुलुकलाई बर्बाद गर्ने काम नगरियोस्

नेपाली समाज योग्य नेतृत्वको पर्खाइमा रहेको लामो समय भयो । नेपाली समाज कुनै पनि राजनीतिक दलको नेतृत्व वा व्यक्ति विशेषलाई प्रधानमन्त्री वा मन्त्रीका रूपमा हेर्नुभन्दा पनि देशको विकास गर्न सक्ने नेतृत्वको आशामा समाज थियो र छ । प्रजातन्त्रमा सुशासन, आर्थिक समृद्घि, रोजगारीको अवसर, महँगी नियन्त्रण र जनताको सहज जीवनयापनको व्यवस्था अनिवार्य सर्त हुन् । विकास र सुशासन लोकतन्त्रको मेरुदण्ड हो । समाजमा राजनीतिक दलहरूकै कारण नागरिक कर्तव्य’bout भन्दा बढी अधिकारका कुरा हुने गरेका छन् । राजनीतिक नेताहरूका कारण समाजमा कुनै न कुनै रूपमा द्वन्द बढिरहेको छ । विकासका नाममा विकेन्द्रीकरणको सिद्घान्तलाई सिंहदरबारबाट निकालेर गाउँ तहसम्म पु¥याउँदा यो राजनीतिक व्यवस्थालाई नेपाली समाजले सकारात्मक रूपमा लिएका थिए । गाउँगाउँमा सिंहदरबार भनिएको छ । तर, अहिले सिद्धान्तविहीन एवं अमर्यादित राजनीतिक क्रियाकलापका कारण स्थानीय तहमा विकासभन्दा बढी भ्रष्टाचार, अनियमिता र राजनीतिक असझदारी बढ्दै गएको छ ।

हाम्रो देशका राजनीति गर्ने व्यक्तिहरूले इतिहासबाट पाठ सिक्न सकेनन् । हरेक किसिमका निरंकुशताविरुद्ध संघर्ष गरेर र प्रजातन्त्र, विकास र सामाजिक न्यायका लागि लडेका नेताहरू सत्ता र शक्तिको बागडोरमा पुगेपछि मुलुकका समस्या समाधान गर्न असक्षम भए । जनप्रतिनिधिहरूले देश र जनताको पक्षमा काम नगरी भ्रष्टाचार, अलमल, ढिलासुस्ती, दलगत स्वार्थमा लागे । जनताको भावनालाई कुल्चने काम गरे । प्रजातन्त्र जनहितमा उपयोग हुन सकेन । देशलाई केन्द्रमा राखेर काम गर्न नेतृत्व असफल भयो । हरेक दलहरू आन्तरिक विवाद र झन्झटमा अल्झिएकाले काम गर्न पनि सजिलो छैन । नेतृत्वमा पुग्ने व्यक्तिहरू जनताका लागि जुन जोगी आए पनि कानै चिरेको भनेझंै भएका छन् ।

अन्त्यमा विकासको जतिसुकै नारा लगाए पनि आर्थिक समृद्धिका लागि प्रधानमन्त्रीलगायत सरोकारवालाहरूले विधिको शासन, दण्डहीनताको अन्त्य, भ्रष्टचारमा शून्य सहनशीलताको नीति, अल्पकालीन र दीर्घकालीन विकास योजना, मिजासिला र जनमुखी कर्मचारी, हाम्राभन्दा राम्रा व्यक्तिलाई जिम्मेवारी, राम्रो काम गर्नेलाई बढुवा र नराम्रो गर्नेलाई तत्काल खोसुवा गर्ने नीति निर्माण र कार्यान्वयन नभएसम्म देशले विकासको बाटोमा गति लिन सक्दैन । त्यसैले राजनीतिक नेतृत्वले उल्लेखित क्षेत्रमा प्रभावकारी काम गरोस् । काम गर्न क्षमता नहुनेहरूले बुढो गोरुले जस्तो ठाउँ ओगटरे उच्च पदहरू बस्ने काम नगरून् । पद ओगटेर गनगन गर्ने काम बन्द गरियोस् । अक्षमद्वारा सत्ता र शक्तिका लागि ¥याल काढ्ने र मुलुकलाई बर्वाद गर्ने काम नगरियोस् ।

तपाइको प्रतिक्रिया
(Visited 359 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवार हमालले गरे धनगढीकाे मेयरमा उम्मेदवारी दर्ता