चौथोपटक बल्ल सचिव

काठमाडौं । नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी (सचिव)मा सहसचिव प्रा. गोपालप्रसाद सिग्देल बढुवा भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव प्रा. सिग्देललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसअघि, तीनपटकसम्म बढुवाका लागि नाम सिफारिस भए पनि उनी सचिवमा बढुवा हुनबाट छुट्दै आएका थिए । योपटक वरिष्ठताका आधारमा सिग्देल एक्लैको नाम सिफारिस भएको थियो ।

दुई महिनाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरका सिग्देललाई छाडेर दोस्रो नम्बरमा सिफारिस भएका राजेन्द्रप्रसाद खनाललाई सचिवमा बढुवा गरेको थियो ।

त्यसपछि लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी संयोजकत्वको बढुवा सिफारिस समितिले सिग्देल एक्लैको नाम बढुवाका लागि सिफारिस गरेको थियो । समितिको सिफारिसअनुसार सरकारले उनको बढुवा गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 275 times, 1 visits today)

epaper

ताजा समाचार

बलिङ चम्किँदा यूएईमाथि नेपालको ३७ रनको जित