बालनाटक महोत्सवमा १७ नाटक

काठमाडौं । बुधबारबाट काठमाडौंमा ११औं राष्ट्रिय बालनाटक महोत्सव सुरु भएको छ । शैली थिएटरको आयोजनामा सुरु भएको यो महोत्सव बुधबारबाट २९ माघसम्म चल्नेछ । महोत्सवमा १७ वटा नाटक मञ्चन गरिने भएको छ ।

कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा आयोजित यो महोत्सव बालबालिकालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले उद्घाटन समारोहमा बताए ।

आठ दिनसम्म चल्ने यो महोत्सवको उद्घाटन बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गरेका हुन् । महोत्सवको उद्घाटन गर्दै मन्त्री भट्टराईले भने, ‘नेपाल राष्ट्रलाई समृद्ध बनाउने र नेपालको प्रतिष्ठालाई माथि उठाउने दायित्व नयाँ पुस्तामा हस्तान्तरण भइसकेको छ ।’ साथै नेपालका सबै मानिसमा सकारात्मक सोचको खाँचो देखिएको उनले बताए ।

नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन), रुसी सांस्कृतिक केन्द्रकी निर्देशक युलिया आन्द्रोसोभालगायतले यस्ता महोत्सवले नेपालमा बालनाटकको विकाससँगै बालबालिकाको क्षमता वृद्धि हुने बताए ।

महोत्सवको पहिलो दिन शैली थिएटरको अप्रतियोगी नाटक ‘सुनौलो माछा’ मञ्चन भएको छ । शैली नाटकघरले प्रस्तुत गरेको ‘सुनौलो माछा’ नाटकमा निमा पाण्डे, सुवास सुवेदी, करिश्मा केसी, निर्भिक भट्टराई र विशाल घिमिरेले अभिनय गरेका थिए । यसमा संगीतमा देवेन्द्र बब्लुले साथ दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरको मेयरमा पुनः लाकिशोर शाह