काेलकताविरुद्ध पञ्जाव ५ विकेटले विजयी

दुबई । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा पञ्जाव किङ्ग्स विजयी भएको छ । खेलमा कोलकतालाई पञ्जावले ५ विकेटले पराजित गरेको हो । कलकता नाइट राइडर्सले दिएको १६६ रनको लक्ष्य पञ्जावले १९ दशमलव १ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो ।

कलकताका लागि वेन्काटेश लायरले सर्वाधिक ६७ रन जोडेको थिए भने राहुल त्रिपाठीले ३४ रनको योगदान दिए । कप्तान इयोन मोर्गान २ रनमा आउट भएका थिए । पञ्जावका कप्तान केयल राहुलले सर्वाधिक ६७ रन बनाए भने मयंक अग्रवालले ४० रन बनाए । अंकतालिकाको चौथो नम्बर रहेको कलकता पराजित भए पनि यथास्थानमै रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)

epaper

ताजा समाचार

समस्यै समस्याले जेलिएको कारागार सुधारमा पहिलो महिला प्रशासक