नेपालमा फिल्म सिकाउँदै बलिउड निर्देशक प्रकाश झा

काठमाडौं । बलिउडका निर्देशक प्रकाश झाले नेपाली सिनेकर्मीहरूलाई सिनेमा सिकाउने भएका छन् । यही १ फागुनबाट सुरु हुने नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) मा मुख्य निर्णायकका रूपमा नेपाल आउन लागेका झाले फेस्टिभल क्रममा नेपाली सिनेकर्मीका लागि मास्टर क्लास लिन लागेका हुन् । आगामी ३ फागुनमा झाले फिल्मनिर्देशनसम्बन्धी अनुभव पस्कनेछन् ।

प्रकाश झाले निर्देशन गरेका ‘दामुल’, ‘गंगाजल’, ‘अपहरण’, ‘राजनीति’जस्ता थुप्रै फिल्म सफल छन् । सातवटा राष्ट्रिय अवार्ड जितिसकेका लेखक, निर्माता, निर्देशक झा यतिबेला केरलामा आफ्नो नयाँ फिल्मको छायांकनमा व्यस्त छन् । उनी त्यो सुटिङबाटै नेपाल आउन लागेका हुन् ।

यो महोत्सव काठमाडौंको सभागृह, सर्वनाम थिएटर तथा पर्यटन बोर्डको हलमा पाँच दिनसम्म चल्ने छ । फेस्टिभलमा ८० फिल्म प्रदर्शन हुनेछन् । जसमा १० अन्तर्राष्ट्रिय फिचर फिल्म, ३५ सर्ट फिल्म, पाँच नेपाली फिचर फिल्म, १५ नेपाली सर्ट फिल्म, ८ डकुमेन्ट्री र ६ एनिमेटेड फिल्म रहेका छन् । फेस्टिभलमा फिल्म प्रदर्शन र छलफल समानान्तर रूपमा चल्नेछन् । छलफलअन्तर्गत नै अभिनेता राजेश हमालले पनि आफ्नो फिल्मी यात्राका आरोह–अवरोह’bout दर्शकलाई अनुभव सुनाउनेछन् । फेस्टिभलमा नीर शाह निर्देशित फिल्म वासुदेव देखाइने र फिल्म हेरेपछिको छलफलमा नीर शाहसँगै लेखक धु्रवचन्द्र गौतम, हरिहर शर्मा र सोफिया उपाध्याय सहभागी हुने आयोजकले

जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 404 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारका एजेन्डा: विकासभन्दा सुशासन प्राथमिकता