३४ करोड ऋणमा सांस्कृतिक संस्थान

काठमाडौं । सरकारले मुलुकको कला संस्कृति संरक्षण र प्रवद्र्धनका लागि पाँच दशकअघि स्थापना गरेको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) यतिबेला कर्मचारीलाई नियमित तलब खुवाउन नसक्ने अवस्थामा पुगेको छ । संस्थानको ऋण बढ्दै गएको र तलब खुवाउनसमेत नपुग्ने बजेट सरकारले दिएका कारण समस्या आएको हो ।

बुधबार संस्थानमा आयोजित पत्रकार भेटघाटका क्रममा सांस्कृतिक संस्थान सञ्चालक समितिका अध्यक्ष प्रेमनाथ अधिकारीले भने, ‘अहिले संस्थानलाई सरकारको ३४ करोड रुपैयाँ ऋण छ । सरकारले दिने गरेको वार्षिक बजेटले अहिले संस्थानका कर्मचारीलाई सात महिनाभन्दा बढीको तलब खुवाउनसमेत नपुग्ने भएकाले प्रशासनिकलगायत खर्चले संस्थानमा ऋणभार बढेको हो ।’

अध्यक्ष अधिकारीले संस्थानको समृद्धि एक मात्र चाहना भएको बताए, ‘संस्थानलाई बचाउनु सरकारको पनि दायित्व हो । केही संस्थानलाई सरकारले करोडौं रुपैयाँ अनुदान दिएको अवस्थामा हाम्रो जस्तो लोक संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने संस्थानलाई पनि अनुदान दिन जरुरी छ ।’ उनले संस्थानको ऋण मिनाहा गर्नुपर्ने भनाइ कार्यक्रममा राखे ।

आफूले नियुक्ति लिएको एक महिना पुगेको अवसरमा पत्रकार भेटघाट गरेको संस्थानका महाप्रबन्धक अशोककुमार राईले पनि आर्थिक भारमा आफूहरू रहेको बताए ।

संस्थानको आर्थिक आर्जनका लागि सरकारसँग २३ करोड ऋण लिएर बनाएको भवनको दुई तिहाइ हिस्सा करिब २५ सय स्वायर फिट स्थान अहिले सीएम ट्रेडिङलाई वार्षिक १ करोड २० लाख भाडामा लगाएको छ । जबकि संस्थाले सरकारलाई ३४ करोडको ब्याज मात्र वार्षिक १ करोड ७० लाख तिर्नुपरेको छ । सीएम ट्रेडिङलाई अहिलेको बजार मूल्यभन्दा संस्थानको भवन निकै कम मूल्यमा भाडामा दिएकाले पनि संस्थानले ऋण तिर्न नसकेको महाप्रबन्धक राईले बताए, ‘संस्थान आर्थिक संकटमा छ । यो नाफामूलक संस्थान नभएर संस्कृतिको जगेर्ना गर्ने संस्थान भएकाले हामी अन्य उपायबाट ऋण घटाउँदै संस्थानको आर्थिक अवस्था सुधार्नेछौं ।’

संस्थानका नाटक प्रबन्धक प्रभाकरदेव शर्माले भवन बनाउन लिएको ऋणको बिगत पाँच वर्षदेखि ब्याज तिर्न नसकेका कारण ऋण बढेर ३४ करोड पुगेको बताए ।

‘संस्थानलाई अहिले सरकारले वार्षिक बजेट १ करोड २० लाख रुपैयाँ दिने गरेको छ भने २ करोड २० लाख रुपैयाँ त वार्षिक तलब खुवाउनमै खर्च हुन्छ । अहिलेको अवस्थामा संस्थानको कमाइ र तलब तथा प्रसासन, भवन मर्मतलगायतका खर्च उस्तै भएकाले थप आर्थिक सहयोग नआएसम्म प्रशस्त कार्यक्रम गर्न सक्ने अवस्था छैन ।’ सोही कारण पनि विगत पाँच वर्षदेखि संस्थनले ऋणको ब्याज तिर्न नसकेको शर्माले बताए ।

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)का महाप्रबन्ध राईले अब संस्थानलाई सुधार्न सरकारसँग आर्थिक पहल गर्ने र आफूहरूले पनि विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेर आम्दानी बढाउने जिकिर गरे । संस्थानको वर्तमान अवस्था, सुधारका योजना, भावी कार्यक्रम र रणनीति’bout जानकारी दिँदै उनले आफू नियुक्त भएको तीन महिनामै संस्थानमो सुधार आएको अनुभूति दिलाउने जिकिर गरे ।

महाप्रबन्धक राईले वर्तमानमा सांस्कृतिक संस्थान संगीन अवस्थाबाट गुज्रिरहेको गुनासो गर्दै भने, ‘अथाह सम्भावना र अवसर भए पनि त्यसको सदुपयोग र व्यवस्थापन हुन नसक्दा संस्थान यो अवस्थामा पुगेको हो । स्पष्ट लक्ष्यसहित चुस्त, पारदर्शी र प्रभावकारी व्यवस्थापन, क्रियाशील कर्मचारी अनि सिर्जनशील कलाकारको सुन्दर संयोजनले संस्थान समृद्ध बन्नेछ ।’

मुलुकले भ्रमण वर्ष २०२० मनाइरहेकाले नेपाल आएका पर्यटकका लागि नयाँ वर्ष २०७७ सँगै संस्थानमा साप्ताहिक रूपमा सांस्कृतिक सो सुरु गर्ने जानकारी उनले गराए । यसले पर्यटकलाई नेपाली मौलिक संस्कृतिको स्वाद दिने उनको दाबी छ । कार्यक्रममा संस्थानलाई जोगाउन उनले अरू पनि केही आर्थिक उपार्जनका योजना सुनाए ।

तपाइको प्रतिक्रिया
(Visited 774 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवा र प्रचण्ड धनगढीमा, देउवा गृह जिल्ला पनि जाने