पूर्वप्रधानमन्त्री ओलीकाे कुरा सुनेर करिश्मा मख्ख

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो ।

उनले सामाजिक सञ्जालमा स्टाटस अपडेट गर्दै कल डिटेलको स्क्रिनसटसमेत राखेकी थिइन् । त्यहाँ केपी शर्मा ओली नाम गरेको नम्बरमा कल गएको देखिएपछी करिश्मा सामाजिक सञ्जाल ट्रोलसमेत बनेकी थिइन् । तर, अहिले भने करिश्माले पूर्वप्रधानमन्त्री ओलीलाई भेट गरेकी छन् ।

उनले भेटघाटको तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै विविध विषयमा छलफल भएको जानकारी दिएकी छन् ।

‘विविध विषयमा उहाँको विचार सुन्दा आनन्द आयो । सबै क्षेत्रका मानिसलाई उत्तिकै महत्वपूर्ण रूपमा हेर्नु भएको र हाम्रो कुरा सुनिदिनु भएकोमा धन्यवाद’ करिश्माले लेखेकी छन् । उनीसँगै भेटघाटमा कलाकार जितु नेपाल र गायिका तथा सांसद कोमल वली पनि उपस्थित थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुरमा निर्वाचन आचारसंहिता उल्लंघन