सर्वसाधारणले जस्तै अमेरिकामा काम गर्न चाहन्छिन् पूर्वराजकुमारी माको

न्युयोर्क । यसै साता प्रेमीसँग बैबाहिक बन्धनमा गाँसिएकी राजकुमारी माको न्युयोर्कको सिटीको सिंगल बेडरुम अर्पाटमेन्टमा बस्ने भएका छन् ।

विवाहलगत्तै राजकीय उपाधि गुमाएकी माकोको लामो समयदेखिका प्रेमी केही कोमुरोसँग विवाह भएको थियो । ३० वर्षीय कोमुरो अमेरिकामा वकालती पेसा गर्छन् ।

उनीहरु बस्ने अपार्टमेन्टको मासिक भाडा खुलाइएको छैन । तर, उनीहरु बस्ने भनिएको म्यानहटनमा एउटा बेडरुमसहितको अर्पाटमेन्टको मासिक भाडा ३ हजारदेखि ११ हजार डलर छ ।

राजकीय उपाधि गुमाएपछि जापानको दरबारले प्रदान गरेको १४ करोड यान लिन उनले अस्वीकार गरेकी थिइन् । उपाधि गुमेपछि दरबारबाट पैसा नलिने माको जापानकै राजापरिवारको इतिहासमा पहिलो महिला हुन् । सर्वसाधारणसँग विवाह गरेकी उनले सामान्य जीवन विताउन चाहेको उनी निकटका व्यक्तिहरुले बताउँदै आएका छन् ।

माकोले अमेरिकामा नै काम खोज्ने बताउँदै आएकी छन् । विवाहअगाडि उनी जापानको एउटा संस्थामा आबद्ध थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 331 times, 1 visits today)

epaper

ताजा समाचार

उद्धारमा खटिने सशस्त्रका कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता र खटिएको दिनमा ५ सय उच्च जोखिम भत्ता