काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी मंसिर पहिलो साता चालू आर्थिक वर्ष २०७८÷७९ का लागि जारी गरिएको मौद्रिक नीतिको समीक्षा गर्ने भएको छ । राष्ट्र बैैंकले गत २९ साउनमा ल्याएको चालू आवको मौद्रिक नीतिको समीक्षा गर्न अहिले राष्ट्र बैंकले आवश्यक तयारीलाई तीव्र बनाएको छ ।
राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार अहिले मौद्रिक नीतिको समीक्षाको तयारी भएको छ । मंसिर पहिलो साता गर्न सकिन्छ कि भनेर तयारी भइरहेको भए पनि अझै ठयाक्कै कुन दिन गर्ने भन्ने मिति भने तय भईनसकेको उनले बताए । सह प्रवक्ता पोखरेलले भने, ‘मौद्रिक नीतिको पहिलो समीक्षा गर्ने समय भएकोले यसको तयारी हुनुलाई स्वाभाविक र राष्ट्र बैंकको नियमति प्रक्रियामै पर्छ ।’ राष्ट्र बैंकले हरेक तीन तीन महिनामा मौद्रिक नीतिको समीक्षा गर्ने गरेको छ ।
राष्ट्र बैंकले चालू आवदेखि नै बैंकहरूलाई कर्जाको सीमा बढाउन पुँजी कर्जा निक्षेप
(सीसीडी) रेसियो खारेज गरेर कर्जा निक्षेप (सीडी) रेसियो कायम गरेको छ । यो व्यवस्थाले पनि बैंकहरूले कर्जा बढाएको भनिएको छ
राष्ट्र बैंकले साउन अन्तिममा ल्याएको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमा तोकिएको थियो । जुन विषय यो वर्षको सबैभन्दा बढी चासो र बहसको विषय भएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको सेयर धितो कर्जामा एउटा व्यक्ति वा फर्मलाई एउटा बैंक वा वित्तीय संस्थाबाट बढीमा ४ करोड र सबै बैंक वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँसम्म मात्रै लिन पाइने नीतिगत व्यवस्था गरेको छ ।
यस्तो व्यवस्थाले सेयर बजारमा पुँजीको अभाव भएकोले बजार घटेको आरोप लागिरहेको छ । यही व्यवस्था कारण सेयर बजार घटेको भनिए पनि राष्ट्र बैंकले ल्याएको यो नीति यति छिट्टै संशोधन वा परिमार्जन नहुने संकेत राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंक स्रोतका अनुसार केन्द्रीय बैंकले लिने नीति छिटोछिटो परिवर्तन भईहाल्ने भन्ने हुँदैन् । सेयर धितो कर्जा सिमित व्यक्तक्तिलाई रोक्न ल्याइएकोले धेरैको हितमा यो सीमा रहेको उल्लेख छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि गत बुधबार भएको बैंकर्स संघको एक कार्यक्रम र त्यसअघि नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको सार्वजनिक कार्यक्रममै सेयर धितो कर्जा सीमित व्यक्तिलाई रोक्न ल्याइएको बताएका थिए ।
जसका कारण पनि सहजै अनुमान लगाउन सकिन्छ । अब यो नीति परिवर्तन हुनेछैन । सो कार्यक्रममा गर्भनर अधिकारीले यो व्यवस्था सीमित व्यवसायीले मात्रै प्रयोग गरिरहेकाले साना र अधिकांश व्यवसायीको हितका लागि यस्तो कर्जाको व्यवस्था गर्ने बताए । राष्ट्र बैंकले साना लगानीकर्ताले सहजै लिन सक्ने गरी सेयर धितो कर्जाको अध्ययनसमेत गरिरहेकोले तत्कालै सेयर धितो कर्जाको सीमा परिवर्तन नहुने उल्लेख गरेको छ ।
राष्ट्र बैंकले चालू आवदेखि नै बैंकहरूलाई कर्जाको सीमा बढाउन पुँजी कर्जा निक्षेप (सीसीडी) रेसियो खारेज गरेर कर्जा निक्षेप (सीडी) रेसियो कायम गरेको छ । यो व्यवस्थाले पनि बैंकहरूले कर्जा बढाएको भनिएको छ । तर, राष्ट्र बैंकले सीडी रेसियोको सीमा लागू गर्ने समय भने आगामी असार मसान्तलाई दिएको छ । सीसीडी हुँदा बैंकहरूले ८५ प्रतिशतसम्म कर्जा दिन पाउँथे भने अहिले सीडीको व्यवस्थाले भने ९० प्रतिशतसम्म कर्जा दिने सुविधा पाएका छन् ।