काठमाडौं । सर्वाेच्च अदालतका न्यायाधीश र नेपाल बार तथा सर्वाेच्च बार एसोसिएसनका पदाधिकारीबीच आज पनि छलफल हुँदैछ । मध्याह्न साढे १२ बजे सर्वाेच्चको एनेक्स हलमा छलफल हुने सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए । सोमबारको बैठकमा ११ न्यायाधीश छलफलमा उपस्थित थियो । तर, आजको बैठकम १९ जना न्यायाधीश नै सहभागी हुने श्रेष्ठले बताए ।
सोमबारको छलफलमा बारले प्रधानन्यायाधीशको राजीनामालाई नै बटमलाइन बनाएको छ । आजकाे छलफलबाट थप निर्णय हुने ठानिएकाे छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताका लागि आह्वान गरे पनि कानुन व्यवसायीले अस्वीकार गरिसकेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 251 times, 1 visits today)