उद्योग बाणिज्य संघमा अग्रवाल प्यानलको अधिपत्य

राजविराज । उद्योग बाणिज्य संघ सप्तरीमा लालुप्रसाद अग्रवालको प्यानलले दुई पद बाहेक सबै पद जितेका छन् ।

शनिबार सम्पन्न निर्वाचनको आइतबार साँझ घोषित परिणाम अनुसार अध्यक्षमा अग्रवालले प्रतिष्पर्धी शंकर कुमार दासलाई ४ सय १९ मतको अन्तरले हराउँदै बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चुनावी नतिजा अनुसार उद्योगतर्फको उपाध्यक्षमा दुर्गानन्द साहले ५ सय ७२ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्दी रामअशिष प्रसाद साहले ४ सय ७० मत प्राप्त गरेका छन् । यस्तै बाणिज्यतर्फको उपाध्यक्षमा रमेशकुमार साहले सर्वाधिक ८ सय १८ र उनका निकटतम प्रतिद्वन्दी गौरीशंकर प्रसाद साहले ३ सय २८ मत प्राप्त गरेका छन् ।

यस्तै महासचिवमा अमृतकुमार संचेतीले ६ सय ५५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी सुरज कुमार सिंहले ३ सय ८५ मत प्राप्त गरे । सचिवमा सुरेन्द्र बिमलले ५ सय ९३ मत तथा उनका प्रतिष्पर्धी गुलाब बदी उज्जमा खाँले ४ सय २४ मत प्राप्त गरे ।

यस्तै कोषाध्यक्षमा प्रमोद कुमार काबराले ६ सय ८४ तथा उनका निकटतम प्रतिद्वन्दी दिनेश प्रसाद साहले ३ सय ८९ मत प्राप्त गरे । सहकोषाध्यक्ष पदमा भने दास प्यानलका निर्मल कुमार मुन्धडा ५ सय ४४ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी अनिलकुमार सिंहले भने ४ सय ७६ मत मात्र प्राप्त गरे ।

यस्तै सदस्य पदमा अग्रवाल प्यानलका सन्तोष कुमार सिन्हा, सचिन्द्र दास, सुरेन्द्र प्रसाद साह, कमल प्रसाद साह, दिलिप प्रसाद गुप्ता र अम्बिका दाहाल निर्वाचित भएका छन् । दास प्यानलबाट सदस्य पदमा संजय पुर्वे निर्वाचित भएका छन् । सप्तरीको १८ वटै स्थानिय तहका गरि संघमा १ हजार ३ सय २२ मतदाता रहेकोमा निर्वाचनमा १ हजार १ सय ६१ मत खसेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हुम्लीको पीडाः चार किलो चामल लिन पनि नागरिकता अनिवार्य

कुरी-कुरी