अहंकारी र घमन्डी नेता हुँदैन : ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् ।

एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

‘जनताको सेवक अत्यन्तै शालीन हुनुपर्छ’, उनले भने । उनले आफ्ना नेता कार्यकर्तालाई अध्ययनशील हुन अनुरोध गर्दै एमालेबाट अरू पार्टीले संस्कार सिक्नुपर्ने बताए ।

यसका साथै आगामी दिनमा पार्टीलाई थप सशक्त बनाएर लैजाने ओलीले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 506 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली टोलीको घोषणा, को को परे ?