भ्रष्टाचारविरुद्धको गीत पुरस्कार नवीनलाई

काठमाडौं । संगीतकार नवीन पौडेल ‘भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता’मा उत्कृष्ट भएका छन् । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले १ हजार डलरको ‘भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता’ को नतिजा प्रकाशित गर्दै उत्कृष्ट शब्दका लागि संगीतकार नवीन पौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

अमेरिकाको टेक्सासमा स्थापित हेम–सरिता पाठक प्रतिष्ठानले सो पुरस्कारको स्थापना गरेको हो । यसअघि पनि १ हजार डलरको भ्रष्टाचारविरुद्धको कविता प्रतियोगिता र २ हजार अमेरिकी डलर राशिको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार २०७७ घोषणा भइसकेका छन् ।

प्रतिष्ठानले संगीतका अलावा पत्रकारिता र साहित्यमा पुरस्कार प्रदान गर्दै आएको छ । तीनवटै पुरस्कार निकट भविष्यमै काठमाडौंमा एक समारोहको आयोजना गरी प्रदान गरिने जानकारी प्रतिष्ठानले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।

नेपालमा स्कुल सञ्चालन, विपन्न वर्गको लागि घर निर्माण र आयमूलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 387 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा महामन्त्रीको निर्वाचन रोचक मोडमा : रञ्जुको समर्थन विपिनलाई