स्रोत नखुलेको पैसा हैनः बिइङ ह्युमन

काठमाडौं । काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलबाट स्रोत नखुलेको भन्दै प्रहरीले ६९ लाख ५० हजार रूपैयाँसहित सोही पसलका मनेजेरलाई हिरासतमा लिएको छ ।

काठमाडौं सामाखुसी बस्ने सर्लाही बरथवा घर भएका २२ वर्षीय होरोसी खनाललाई शुक्रबार प्रहरीले हिरासतमा लिएको हो ।

उक्त पसलमा स्रोत नखुलेको रकम ओसारपसार तथा लुकाइराख्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त पसल तलासी गर्दा झोलामा राखिएको अवस्थामा १ हजार दरको ४९ लाख रूपैयाँ र ५ सय दरको २० लाख ५० हजार रूपैयाँ गरी उक्त रकम फेला पारेको दाबी प्रहरीले गरेको छ ।

उनलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक ललितपुर पठाइएको छ ।

बिइङ ह्युमनले कपडा पसलका म्यानेजर पक्राउ परेपछि स्रोत नखुलेको भनिएको रकम जग्गा किन्न ऋण लिएको र आम्दानी भएको प्रस्ट्याएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै नखुलेको भनिएको साढे ६९ लाख नगद जग्गा किन्नको लागि सहकारीबाट ऋण लिएको र पसलको व्यापारबाट आर्जित रकमलाई स्रोत नखुलेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको स्पष्ट पारेको छ ।

त्यसको स्पष्ट स्रोत खुलेको र आवश्यक कागजात र प्रमाणसहित कानुनी उपचार लिन लागिएको समेत उल्लेख गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले गत शुक्रबार दरबारमार्गको पसलबाट म्यानेजर हिरोसी खनाललाई रकमसहित नियन्त्रणमा लिएको थियो ।

‘यस संस्थालाई बदनाम गरी आफ्ना केही निजी स्वार्थपूर्ति गर्ने कार्यमा संलग्नहरूको पहिचान गरी आवश्यक कानुनी कारबाहीको लागि समेत संस्थाले आवश्यक कदम चाल्ने सबैमा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 706 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लम्कीचुहाको नगरप्रमुख र उपप्रमुखमा महिला उम्मेदवार विजयी