रामचन्द्र पाैडेललाई सर्वसम्मत अध्यक्ष बनाउने हाे भने म छाेड्छु : विमलेन्द्र निधि

फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सभापतिमा दाबी गर्दै आएका नेता विमलेन्द्र निधिले रामचन्द्र पौडेलालाई सभापति स्वीकार गर्न प्रकाशमान सिहं र शेखर कोइराला तयार भए आफूले पनि सर्मथन गर्ने बताएका छन् ।

सभापतिमा दाबी गदै प्रचारलाई तीव्र बनाएका निधिले अकास्मात गरेको नयाँ प्रस्तावले कांग्रेस राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ । चितवन-काठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले भने, ‘यदि पौडेलजीलाई सर्वसम्मत स्वीकार गर्ने हो भने म दाबी छोड्छु ।’

उनले अर्का आकांक्षी देउवाले समेत दाबी छाड्नुपर्ने या कोइराला र सिंहले मात्र छोड्ने हो भन्ने विषयमा भने खुलेर बताउन चाहेनन् । रामचन्द्रका लागि मैदान खाली गर्ने बताएका उनले अरु उम्मेदवार कायम रहे आफ्नो पनि उम्मेदवारी कायम रहने बताए । उनले असन्तुष्टि छाडेर बैठक र कार्यक्रमहरूमा उपस्थित हुन पौडेललाई आग्रहसमेत गरे ।

तपाइको प्रतिक्रिया
(Visited 483 times, 1 visits today)

epaper

ताजा समाचार

उद्धारमा खटिने सशस्त्रका कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता र खटिएको दिनमा ५ सय उच्च जोखिम भत्ता