भीभोको चौथो वार्षिकोत्सवको अवसरमा ‘भीभो सेल्स कार्निभल’ हुँदै

काठमाडौं । विश्व प्रसिद्घ स्मार्टफोन ब्राण्ड, भीभोले नेपालमा चौथो वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा समस्त पार्टनर र उपभोक्ताले प्रदान गरेको सहयोग र विश्वासका लागि कृतज्ञता ज्ञापन गरेको छ । भीभो ब्राण्ड बजारमा स्मार्टफोनको लागि उत्कृष्ट स्तरमा पुगेको र अत्यधिक बिक्री हुने स्मार्टफोन बनेको कम्पनीले जनाएको छ । यो ४ वर्षको अवधिमा भीभो स्मार्टफोनको बिक्री अत्यधिक भएकोले नयाँ किर्तिमान कायम गरेको कम्पनीले जनाएको छ ।

चौथो वार्षिकोत्सव समारोहको अवसरमा भीभोले विशेष जमघटको आयोजना गरेको थियो, जहाँ मिडियाका प्रतिनिधि, प्रभावकारी के.ओ.एल.हरु, स्टेकहोल्डरहरु र ब्राण्ड एम्बासेडर प्रदिप खड्काको उपस्थितिमा सेल्स कार्निभलको उद्घाटन गरीएको थियो । उक्त अवसरमा बजारमा नयाँ प्रवेश गरेको वाई सिरिज् अन्तर्गतको वाई १५ स्मार्टफोनको लन्च पनि प्रदिप खड्काले गरे । भीभोले निरन्तर रुपमा नयाँ प्रविधिमा आधारित र ग्राहकको क्षमताले भ्याउने स्मार्टफोनहरु ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको छ ।
स्थानिय ग्राहकहरुलाई आकर्षित गर्न भीभोले प्रत्येक वर्ष सेल्स कार्निभलको आयोजना गर्दै आएको छ, जहाँ आकर्षक उपहारहरु र डिस्काउन्टको व्यवस्था गरिएको हुन्छ । डिसेम्बर १५ तारीख देखि २२ दिन अर्थात् ५ जनवरी २०२२ सम्म संचालन हुने सेल्स कार्निभलमा ग्राहकहरुले आकर्षक र मनमोहक उपहारका साथै भीभोको भी २०, भी २० एस.ई, भी २१, भी २१ ई र वाई १२ एस् को खरीदमा ल्यापटप, हेडफोन, भी २१ ई ह्याण्डसेट, ब्ल्युटुथ स्पीकर र इएरबडस् जस्ता आकर्षक उपहारहरु जित्ने मौका पाउन सक्नेछन् । यसका साथै यो अवधिमा भीभोको फोन खरिद गर्ने हरेक ग्राहकहरुले निर्धारित समय भन्दा थप ६ महिनाको वारेन्टी पाउनेछन् ।

चौथो वार्षिकोत्सवलाई रमणीय बनाउन भीभोले नेपाल अर्फन एण्ड हेल्पलेस चिल्ड्रेन डेभलपमेन्ट एशोसिएसनसँगको सहकार्यमा सामाजिक उत्तरदायित्वको भूमिका निवार्ह गरेको छ । जसमा दि न्यू युथ चिल्ड्रेन डेभलपमेन्ट सोसाइटी र न्यु चिल्ड्रेन्स होमको पनि सहभागिता रहनेछ । यी संस्थाका बच्चाहरुसँग दिन भर क्रियाकलाप गरिएको थियो भने उनीहरुलाई स्टेसनरी सामान र खाना उपलव्ध गरिएको थियो । जसले उनीहरुमा सकारात्मक असर पर्न गई उनीहरुको भविष्य राम्रो हुनेछ । व्राण्ड एम्वेसडर प्रदीप खड्काले खेलकुद र नाचमा बच्चाहरुलाई समावेश गरी मनोरञ्जन प्रदान गरेका थिए । भीभोले यस्तो र्कायक्रमको आयोजना बच्चाहरुको भविष्य निर्माणमा सहयोग पुगोस् भनेर गरेको कम्पनीको भनाई छ । यसले सुविधाबाट बन्चित बच्चाहरुलाई उत्साह प्रेरण गर्ने विश्वास गरिन्छ ।

भीभो नेपालले बिगत ४ वर्षदेखि नेपालमा आफ्ना उत्पादनहरुको माध्यमले सेवा प्रदान गर्दै आएको छ । भीभोका उत्पादनहरुले आफ्ना ग्राहकहरुलाई पुर्ण सन्तुष्टि दिएको छ । ग्राहकहरुले चाहे जस्तो गुणस्तरिय प्रविधिमा आधारित नयाँ नयाँ उत्पादन दिने लक्ष्यमा भीभो निरन्तर सक्रिय छ । स्थानिय जनताको चाहना अनुसारको गुणस्तरिय प्रविधियुक्त साधन उत्पादन गर्नु हाम्रो लक्ष्य हो ।
प्रसिद्ध अभिनेता, मोडल र फिल्म निर्माता प्रदिप खड्का भीभो परिवारसँग आवद्ध छन् । उनका फ्यानहरु प्रसस्त छन् भने उनको प्रतिभाले सबैलाई आकर्षित गर्दछ । लाग्दछ उनको प्रतिभाले ब्राण्डको बिकास र विस्तारमा उल्लेख्खनिय योगदान गर्नेछ ।
सेल्स कार्निभलको उद्घाटन गर्दै ब्राण्ड एम्बेसेडर प्रदिप खड्काले भने भीभोले आफ्ना ग्राहकहरुलाई उच्चस्तरिय उत्पादनले प्रसस्त सुविधा पुर्याउनुका साथै उनीहरुको आवश्यकता र मागलाई परिपुर्ति गर्दै लाने छ । भीभोले अत्याधुनिक प्रविधिको प्रयोग गरी ग्राहकहरुलाई सन्तोष प्रदान गर्दै आएको छ ।’

भीभोले लोकल कमिटमेन्ट र निर्देशन अन्र्तगत ‘मोर लोकल मोर ग्लोवल’ सिद्धान्त अनुसार नया पुस्ताको चाहनालाई परिपूर्ति गर्न नयाँ व्राण्ड वाई १५ एस बजारमा ल्याएको छ । वाई १५ एस स्स्मार्टफोन शतिmशाली र लामो समयसम्म टिक्ने गरी बनाइएको छ । यसमा ५००० एम.ए.एच. ब्याट्रि, साइड माउन्टेड फिङ्गरप्रीन्ट टेक्नोलोजी र डुवल ए.आइ क्यामेरा रहेको छ । शक्तिशाली ह्यान्डसेट रुचाउने नयाँ पुस्ताको लागि यो स्मार्टफोन उपयोगी छ । यसमा ६.५१ इञ्चको हेलो फुलभ्यु डिस्प्ले विथ आइ प्रोटेक्सन टेक्नोलोजी समावेस गरीएको छ जसको कारणले दिनभरी फोन चलाउँदा पनि आँखा थकित हुँदैन । उक्त शक्तिशाली स्मार्टफोन यहि डिसेम्बर १५ बाट मात्र रु. १९,९९९÷– मा उपलब्ध हुनेछ ।

भीभो स्मार्टफोन प्रयोग गर्ने ग्राहकले पूर्ण सन्तुष्टि लिन सकून् भन्ने उदेश्य साथ अझ विस्तार गर्ने लक्ष्य सहित कम्पनी अगाडी बढेको छ ।

भिभोको ’boutमा

भिभो त्यस्तो प्रविधिमा आधारित कम्पनी हो जसले ग्राहकलाई शक्तिशाली र राम्रो ह्याण्डसेट उपलब्ध गराउँछ । यसले ग्राहकको आधुनिक जीवन पद्धतिमा थप सुधार ल्याउँछ । यसले मोबाइल र डिजिटल जीवनलाई सहज बनाउँछ । भिभोले दिगो विकास रणनीतिलाई प्रयोग गर्दै आफ्ना उत्पादन बलियो र लामो समय टिक्ने बनाएर अन्तर्राष्ट्रियस्तरको कर्पाेरेशन बनेको छ । स्थानीय युवाको प्रतिभालाई उपयोग गर्न भिभोले १० ठाउँमा अनुसन्धान र विकास केन्द्र खोलेर तालिम र काम दिएको छ ।

त्यस्ता केन्द्र सेन्जेन, नानजिङ, बेइजिङ, डोङ्गग्वान, हाङ्गझोउ, सांघाई, सि यान, ताइपेइ, टोकियो र सान डिएगोमा खोलिएका छन् । उपभोक्तालाई मनपर्दाे प्रविधि साथै आर्टिफिसियल इन्टेलिजेन्समा ५ जी क्षमता प्रयोग भएको छ । भिभोका ५ वटा उत्पादन केन्द्रले काम गरिरहेका छन् । ती चिनका साथै दक्षिण एसियामा पनि छन् । भिभोको वार्षिक उत्पादन क्षमता २ सय मिलियन छ भने ५० भन्दा बढी मुलुकमा शाखा सञ्जाल रहेका छन् । अहिले विश्वभर ४ सय मिलियन ग्राहकहरुले भिभोको उत्पादन प्रयोग गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 313 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जित्ने र हार्ने दुवै विजय उत्सवमा