फर्किन मिस नेपाल नम्रता

काठमाडौं । विश्वकै ठुलो सौन्दर्य प्रतियोगिता ‘मिस वल्र्ड २०२१’ तीन महिना पछि सरेको छ । सोही कारण मिस नेपाल वल्र्ड नम्रता श्रेष्ठ काठमाडौं फर्किएकी छिन् । यो प्रतियोगितामा ब्युटी विथ पर्पोज प्रतिस्पर्धामा उत्कृष्ट १० भित्र पर्न सफल नम्रता फाईनलमा उत्कृष्ट ३० भित्र पुग्ने सँभावना बढेको थियो । तर मिस वल्र्ड रोकिएपछि उनी नेपाल फर्किएकी हुन् । अब तीन महिना पछि पुन मिस वल्र्डमा भाग लिन उनी अमेरिका जाने छिन् । यो कार्यक्रम स्थति भएपछि नेपाल फर्कनु परेको उनले बताएकी छिन् ।

गत साता फाईनलको तयारी हुँदा हुँदै यो अन्तराष्ट्रिय प्रतियोगिता रोकिएको हो । मिस वल्र्डको आयोजक संस्थाले अब मिस वल्र्ड २०२१ को फाईनल आगामी १६ मार्च अर्थात २ चैतमा गर्ने भएको छ ।

३ महिना पछि स-यो मिस वल्र्ड

बुधबार एक विज्ञप्ति जारी गर्दै आयोजक संस्थाले अहिलेको अबस्थामा ओमी क्रोनको सँक्रमण पनि विश्वव्यापी रुपमा बढ्दै गएकाले पनि तीन महिना पछि सार्नु परेको आयोजक पक्षले जनाएको छ । यो प्रतियोगिता स्थागित भएपछि विश्वको सुन्दरीहरु आ आफ्नो देश फर्किएका छन् ।

गता साता मिस वल्र्ड २०२१ को फाईनल तयारी भईरहेको अघिल्लो देखि केही आयोजक र प्रतियोगीहरुमा कोरोना सँक्रमण देखिएको थियो । प्रतिस्पर्धीमै कोरोना सँक्रमण देखिएपछि सम्पूर्ण तयारी रद्ध गर्दै यो प्रतियोगिता रोक्नु परेको थियो । तर अमेरिकामा कोरोना (ओमिक्रोन)को सँक्रमण केही दिन यताबाट तिब्ररुपमा बढेपछि समुहमा भेला भएर कार्यक्रम गर्न त्यहाँका सरकारले रोक लगाएको छ । क्रिसमस मनाउनका लागि समेत भेला नहुन सरकारले निर्देशन दिएको छ । कोरोना सँक्रमणका कारण केही प्रतियोगीहरु उपचारमा रहेको र कोरोना सँक्रमण बढेको कारण तत्काल यो प्रतियोगिताको फाईनल गर्ने अबस्था नरहेको पनि मिस वल्र्डको आयोजक संस्थाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 398 times, 1 visits today)

epaper

ताजा समाचार

दोहोरो अंकले घट्यो नेप्से, कारोबार सवा चार अर्बमा खुम्चियो