हामी कहाँ ३० वर्षपछि पनि उही प्रधानमन्त्री दोहोरिन्छन्, यसरी दोहोरिएजस्तो नीति भने स्थिर छैन । हाम्रो लोकतन्त्रले नेताजीहरूलाई जीवनभरि पाल्नुपरेको छ । मरणोपरान्त पनि सरकारी ढुकुटी नै खर्च गर्नुपर्छ । मानांै नेता भनेका भगवान् हुन्, यिनलाई देवत्वकरण गर्नुपर्छ तर आपूm भने धर्मनिरपेक्ष भन्छन्, पशुपतिनाथको देशमा । जन्मदेखि मृत्युपर्यन्त यिनकै सेवा गर्नुपर्छ, यिनकै वरिपरि लाग्नुपर्छ, गणेशभक्ति गर्नुपर्छ, नेता नगुहारी यहाँ राहत पाइँदैन । यी भने मानव दोहनले नपुगेर चुरे दोहन गर्नसम्म डर मान्दैनन् । नागरिकता विधेयक ल्याउन र नागरिकताको बजार खोल्न पनि असहज मान्दैनन् दुवैलाई अदालती आदेशले रोक्नुपर्नेहुन्छ, आपैंm अदालती आदेशले सरकार चलाउँछन्, संसद्को ठेगान नै हुन्न । जुन देशमा ७ सालदेखि नै संसद्को ठेगान छैन, गरिबी बढेकै छ । जनता भोग, रोग र शोकमा डुब्छन्, बाँदर लड्ने भीर नगरपालिका हुन्छ, सरकारी कर बोझिलो छ, महँगीको मार छ, विदेशी ऋणको भार छ, विप्रेषण नआए सरकारलाई डलर आउँदैन, विदेशी मुद्रा नभए वस्तुको आयात हुन्न, अधिकांश वस्तु आयात हुने, व्यापार घाटामा रहने लोकतन्त्रको सुन्दर मुहार भएको छ । जनता जाडोमा शीतलहरमा, गर्मीमा चट्याङ र हुरी बतासमा, वर्षामा बाढी र पहिरोमा, कहिले अप्रत्याशित भूकम्प, कहिले कोरोना र ओमिक्रोन, कहिले बिफर र कलेरा, डेंगु अनि के केमा त्राहीमाम हुनुपर्ने अवस्था छ । संविधानमा मौलिक हक’bout सबैथरि लेखिएको छ, संविधान भने आपूm बोल्दैन, बोलाउने नेताहरू नै हुन् ।
लामो समयदेखि नाम फरक भए पनि यहीँका उस्तै दाजुभाइहरूले सरकार चलाए । ४६ को परिवर्तनपछि अधिकांश समय लोकतन्त्रवादी नेपाली कांग्रेसले देशमा सरकार चलाएको छ । सबैजसो सरकारमा आपूmलाई वापपन्थी भन्ने कम्युनिस्टहरूले सत्ताको साझेदारी गरी नै रहेका छन् । यसअघि कम्युनिस्ट आपूmले पनि सरकारको नेतृत्व गरेको हो, पछिल्लोपल्ट त जनताले दुई तिहाइको कम्युनिस्ट सरकार बनाइदिएका पनि हुन् । हाल चलिरहेको कांग्रेस सरकार पनि कम्युनिस्टकै भ¥याङ चढेर बनेको हो । लोकतन्त्रको छुट्टै नमुना यो परमादेशको सरकार पनि हो र यसलाई पनि हामीले बनाइदिएको भनेर भृकुटीमण्डपमा कम्युनिस्टहरू नै कुर्लिएका हुन्, निश्चय नै कम्युनिस्ट भन्नु यथास्थितिबाट माथि उठेर अग्रगमन भनौं प्रगतिवादी भनी विद्यालयदेखि नै हामीले पढ्दै आएका हौं र माओको शिक्षा थियो कि जनताको एक टुक्रा धागो पनि नलिनू, एउटा सियोको टुप्पोबराबरको अंशमा पनि आँखा नगाड्नु, बाल्यकालदेखि विश्व विद्यालयका ठेलीहरूमा हामीले पढेको यही हो । जनताले पनि सायद यही पत्याए र एकपटक अधिक मतबाट परीक्षण गरौं भने पनि । कसैले हल्लाउन नसक्ने गरी मत दिए तर घमण्डले मातिएर आपैंm चिराचिरामा परे । गएको एक महाधिवेशनमा एउटा गाईको बाच्छोले के बाँ गरेको थियो तीन÷तीनवटा साँढेहरू डुक्रिएका देखिहाल्यौं । कसैले केही भन्न नहुने रहेछ यहाँ तर कम्युनिस्टहरूको राजसी शैली देखेर जनता भने वाक्कदिक्क भएका छन् । चीनका महामहिमले केहीबेर काठमाडौं भ्रमण गरेर सुशासन र पारदर्शिताका विषयमा के भनेर गएका थिए, बिर्सियो होला सायद । ओबामाले छोरी पढाउन जागिर खाने, डेनमार्ककी प्रधानमन्त्री कार्यालय जाँदा साइकल चढ्ने, हेरौं त लाज पचाएका यहाँका नेताहरूको राजसीशैली, सुरक्षा खर्च कत्रो, पद छोडेपछि सरकारी आवास र सुविधा अनि सवारीसाधन, विदेशबाट ल्याएको तेल खर्च ।
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले छोरी पढाउन जागिर खाएका छन्
यहाँ दलका मानिसहरूले नै घर, जग्गाको क्रय विक्रय गराएका छन् बढी मूल्य गराएर, जग्गा प्लटिङमा दलकै मान्छे छन् । केन्द्रदेखि स्थानीय तहसम्मको ठेक्कापट्टामा दलकै मान्छे छन् । निजी विद्यालय, कलेजदेखि विश्व विद्यालयसम्म दलकै छन् । मरेका नेताका नाममा शिक्षा, स्वास्थ्य, एनजीओ आदिमा सरकारी बजेट जाने गरेको छ । सार्वजनिक जग्गा वितरणमा दलनिकट हुने गरेको छ । शैक्षिक संस्था, स्वास्थ्य क्षेत्र, होटल, डिपार्टमेन्टल स्टोर, जल विद्युत् आदिमा नेताहरूकै सेयर, लगानी भएको चर्चा छ, चिल्ला र महँगा गाडी अनि महँगो राजधानी सहरमा अग्ला घर, महल पनि । उद्यमी, व्यवसायी भएर रातदिन खटिरहेकालाई पनि दलकै सदस्यता दिएर राजनीतिक पद दिने गरेको देखिन्छ । राजदूत बनाउने काम त दलकै कोटाबाट भएकै हो । पछिल्लो अवस्थामा अदालतदेखि बारसम्मको वार भएको कारण पनि दलकै भाग शान्तिको कारण देखियो । स्विस बैंक, विदेशी बैंकमा पैसा दलहरूकै छ भनी सार्वजनिक मिडियामा आएको विषय हो । एक कम्युनिस्टका उपल्लो नेताले विदेश उपचार गराउँदा १७ करोड राज्यबाट लिएको, अर्काले मिर्गाैला प्रत्यारोपणमा केही महिनाअघि मात्रै ८१ लाख लिएको, सर्प पाल्न पनि सरकारी पैसा लिएको भनिएकै हो । यी प्रतिनिधि केस मात्र हुन् । उपचार खर्चमा मात्रै अर्बौं रकम स्वाहा भएको जगजाहेर छ सबैलाई ।
संघीयताले स्वीट्जरल्यान्ड र अमेरिकाजस्ता देश अग्रणी बन्न पुगेका छन्
कम्युनिस्ट खम्बा भनौं हालको परमादेश सरकारले २०८१ सालसम्म जलविद्युत् वा निश्चित उद्योगमा लगानी गर्दा स्रोत देखाउनु नपर्ने भनी बजेटमै भनेर संसद्बाट मान्यता दिलाई कानुनी रूप लिइसकेको अवस्था छ । सवारी चालक, भान्छे आप्mनै मान्छे हुनैपर्ने भयो । ३५ पेजसम्मको गाली आप्mनै मान्छेबाट हुँदा, कार्यकारी प्रमुखको मुख बोलीबाट यति उति अर्बको हिसाब छैन भनिरहँदा मौन रहन्छन् आपैंm । हामीकहाँ समाजवादको खेती गरिन्छ तर त्यो खेतीबाट उब्जनी हुने भनेको सुकेनास र सिटामोल नपाउने जनता हुन् अनि जग्गा बेचेर खाडीमा भाँडा माभ्mन भेडा पाल्न जाने हुन् । तिनले पठाएका विप्रेषणको रकमले यहाँको अर्थतन्त्रको जोहो हुने हो, कति त फर्कनै सक्दैनन्, फर्किहाले पनि बाकसमा एकैपटक घाटमा फर्कने हुन् । जनयुद्ध केका लागि थियो जबकि यो देशले अहिलेसम्म स्वतन्त्रता दिवस मनाउनुपरेको छैन । एकता दिवस कुनैबेला मनाइन्थ्यो अहिले त्यो इतिहास बनेको छ । जसले यो देश बनाएर हामी अहिले स्वाभिमान भन्दै छौं उसकै नाम लिन गाह्रो हुन्छ हामीलाई ।
सडकभरि राजनीति पोखिएको छ, अदालत त लामो समय बन्दै भयो । राजस्व उठाउन पछि परेको छैन सरकार, २०७८ श्रावणदेखि ५ महिनामा वार्षिक लक्ष्यको ३३ प्रतिशत उठाइसकेको छ । ५ महिनामा चालू खर्च ३० प्रतिशत भइसकेको छ तर विकासका लागि गरिने खर्च भनौं पुँजीगत खर्च भने जम्मा ६ प्रतिशत मात्रै र त बैंकहरूमा तरलाताको अभाव छ अहिले । त्यसो त गएको पक्की सरकार भनौं गएको जेठसम्ममा सरकारले ८ खर्व ५८ अर्ब खर्च गर्न सकेको थियो भनौं अघिल्लो आव को कुल बजेटको ५८ प्रतिशत मात्र । त्यसमा जम्मा पूँजीगत खर्च ३७.६ प्रतिशत खर्च गरेको थियो । भनौं ३ खर्ब ५३ अर्बको बजेट विनियोजनमा १ खर्ब ३२ अर्ब ६९ करोड मात्रै । ऋण भने दुई तिहाइको सरकारले तीन वर्षमा दोब्बर बढाएको थियो । साबिक ८ खर्ब ५८ अर्बको ऋणबाट १५ खर्ब ८९ अर्बमाथि लगेको थियो । ऋणलाई ठूला पूर्वाधार विकासमा लगाइनुपर्नेमा सवारीसाधन, तलब भत्ता भनौं प्रशासनिक खर्चमा लगाएको थियो ।
अब नेपाली जनता जन्मँदै झन्डै ६० हजारको ऋण बोकेर जन्मनुपरेको छ । जन्मदर्तादेखि मृत्युदर्ता भनौं प्रसूती गृहदेखि आर्यघाटसम्मको हिसाबकिताब चुक्ता गर्नुपर्छ जनताले । देशमा जनता चालू राजनीतिक ठूलो संयन्त्रले अधिक करको मारमा परेका छन्, आमनेपाली, यसलाई लोकतन्त्रको विकृति नभने के भन्ने ? संघीयताले स्वीट्जरल्यान्ड सही देश बनेको हो र अमेरिका पनि । कम्युनिज्मकै कारण चीन विश्वको शक्तिशाली भएको हो । गणतन्त्रकै कारण भारत विश्वकै चौथो समृद्ध देश भएको हो । लोकतन्त्रकै कारण आज बेलायत बेलायत भएको छ तर यहाँ भने यिनै शब्द भजाएर साना ठूला सबैले देशलाई हरिकंगाल बनाएका छन् ।






