माओवादी अध्यक्षमा फेरि दाहाल, पदाधिकारी टुंगो लाग्न सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई निर्विरोध निर्वाचित गरेको छ ।

ललितपुरको सानेपामा सोमबार बसेको बैठकमा नेता नारायणकाजी श्रेष्ठले दाहाललाई अध्यक्षमा प्रस्ताव गरेका थिए । अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित भए पनि अन्य पदाधिकारी भने बैठकले चयन गर्न सकेन ।

बैठकले पदाधिकारी निर्वाचन’bout छलफल गर्दै अध्यक्षमा दाहाललाई नै निरन्तरता दिने निर्णय गरेको हो । अहिलेको सन्दर्भमा दाहालकै नेतृत्व आवश्यक रहेको भन्दै नेता श्रेष्ठले उनको नाम प्रस्ताव गरेका थिए । पार्टीलाई समाजवादी क्रान्तिमा अघि बढाउन दाहालकै नेतृत्व अपरिहार्य रहेको भन्दै श्रेष्ठले दाहालको नाम अघि सारेका थिए ।

उनले दाहालकै नेतृत्वमा ‘जनयुद्ध’, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा निर्वाचन र संघीयता तथा गणतन्त्रसहितको संविधान निर्माण भएको बताउँदै दाहालकै नेतृत्वमा अब बाँकी कार्यभार पूरा गर्ने संकल्प गर्नुपर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।

माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष दाहालले चीनमा उपचाररत नेता वर्षमान पुन र ओनसरी घर्तीको समेत सहभागितामा पदाधिकारी टुंगो लगाउनु उचित हुने धारणा राखेपछि सोमबारको बैठकबाट पदाधिकारी टुंगो लाग्न सकेन । पुनः र घर्तीको समेत सहभागितामा २५ पुसको बैठकबाट पदाधिकारी टुंगो लगाउने उनले बताए । पुनः आज मंगलबार नेपाल फर्किंदै छन् ।

माओवादी नेता कृष्णबहादुर महराका अनुसार केन्द्रीय समितिको अर्को बैठक २५ पुसमा बस्नेछ । सो बैठकबाट अन्य पदाधिकारी र बाँकी केन्द्रीय सदस्यको टुंगो लाग्ने उनले बताए । माओवादी स्रोतका अनुसार पदाधिकारीका आकांक्षी बढी भएपछि सर्वसम्मत हुन नसकेको हो ।

माओवादी विधानअनुसार १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन हुन्छ । तर, महाधिवेशनमा दाहालले २ सय ९९ सय केन्द्रीय सदस्यमध्ये २ सय ३६ जनाको नाम प्रस्ताव गरेपछि बन्दसत्रले पारित गरेको थियो ।

माओवादीको विधानअनुसार अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष निर्वाचित हुनेछन् ।

बैठकमा आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यो मेरा लागि अन्तिम अवसर: दाहाल
अध्यक्ष निर्वाचित दाहालले फेरि आफ्नो काँधमा निकै ठूलो भारी आएको बताएका छन् । केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘देश र जनताको सेवा गर्ने मेरा लागि अन्तिम अवसर र चुनौती पनि हो । अब उमेर पनि भयो । आज यो जिम्मेवारी वहन गर्दै गर्दा गहन बहस उठाउँदै क्रान्तिकारी बाटोबाट जनताको सेवा गर्ने अन्तिम अवसर र चुनौतीका रूपमा लिएको छु ।’

उनले राजनीतिक स्थिरताका लागि केही समय अझै दुःख गर्नुपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘देशको अवस्था र पार्टी रूपान्तरणको आवश्यकतालाई हेर्दा राजनीतिक स्थिरता र पार्टीलाई सृदृढ बनाउन पार्टीमा दुःख गरेर सक्रिय हुनुपर्ने बाध्यता छ ।’

कतिपयले ‘दाहाल नभए यो पार्टी के होला ? भन्ने प्रश्न गर्ने गरेको उल्लेख गर्दै उनले यो प्रश्न नै गलत रहेको बताए । माओवादी एउटा विचार रहेको र यो विचार कुनै व्यक्तिसँग नभई सिंगो कम्युनिस्ट आन्दोलनको इतिहाससँग जोडिएको उनले बताए । आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय समितिका सदस्यलाई उनले धन्यवादसमेत दिए ।

को–को छन् पदाधिकारीका दाबेदार ?
अध्यक्षसहित १५ पदाधिकारी केन्द्रीय समितिको बैठकबाट निर्वाचित हुनेछन् । पहिलो प्राथमिकता सर्वसम्मत हो । सर्वसम्मत हुन नसकेको अवस्थामा निर्वाचनबाट पदाधिकारी चयन गर्नुपर्छ । तर, निर्वाचन भए मतदाता केन्द्रीय सदस्य मात्रै हुन्छन् ।

यस्तै, बैठकले पदाधिकारीका साथै स्थायी समिति, पोलिटब्युरो समेत चयन गर्नुपर्ने हुन्छ । बैठकले अध्यक्ष मात्रै टुंगो लगायो । अन्य पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो गठनलगायतका काम अब २५ पुसमा बस्ने बैठकबाट मात्रै टुंगिने माओवादी नेता गणेश साहले बताए ।

‘सर्वसम्मत पदाधिकारी टुंगो लगाउने’bout दाहाल कमरेड आन्तरिक गृहकार्यमा हुनुहुन्छ । सर्वसम्मत नभएकाले सोमबारको बैठकबाट पदाधिकारी टुंगो लाग्न नसकेको हो । अर्को बैठकबाट बाँकी काम पूरा हुन्छ,’ माओवादी स्रोतले भन्यो ।
माओवादीमा वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ हुने निश्चित छ । उपाध्यक्षमा कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल, मातृका यादव, वर्षमान पुन, जनार्दन शर्मा, गणेश साह हुने चर्चा छ ।

महत्वपूर्ण भनिएको र अध्यक्षपछिको दोस्रो कार्यकारी पद महासचिवका लागि ६ नेताहरूका बीचमा प्रतिपस्र्धा छ । महरा, गुरुङ, भुसाल, पुन र शर्माका साथै शक्ति बस्नेतमध्ये एक जना महासचिव हुने चर्चा माओवादीभित्र रहेको छ । पुन र शर्माले एकअर्कालाई रोक्न आफंै महासचिव हुन नसकेको अवस्थामा अरू नेतालाई अघि सारिरहेका छन् ।

पुनले आफू महासचिव नभए शक्तिबहादुर बस्नेतलाई र शर्माले भुसाललाई अघि सारेका छन् । महरा आफंै हुनुपर्छ भन्ने प्रतिस्पर्धामा नभए पनि दाहालले अन्य नेताहरू प्रतिस्पर्धामा आउँदा पूर्वमहासचिव भएकाले महरालाई नै अघि सार्न सक्ने अनुमान गरिएको छ । महासचिवका शक्तिशाली दाबेदारका रूपमा चर्चा भइरहेका पुन उपचारपश्चात् आज मंगलबार चीनबाट नेपाल फर्कंदै छन् ।

दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष तत्कालीन स्थायी कमिटी सदस्यमध्येबाट ल्याउने गृहकार्यमा दाहाल छन् । यद्यपि, पोलिटब्युरो सदस्य भइसकेकी शशि श्रेष्ठसहितका नेतालाई समेत पदाधिकारीमा ल्याउने’boutमा छलफल जारी छ ।

तपाइको प्रतिक्रिया
(Visited 374 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा रेणुलाई १९ सय ६ मतको अग्रता