६० वर्ष माथिकालाई अतिरिक्त खोप दिइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दीर्घरोगी तथा ६० वर्ष माथिको उमेर समूहका नागरिकलाई अतिरिक्त मात्राको खोप दिने निर्णय गरेको छ । मन्त्रालयका अनुसार भेरोसेल वा सिनोफर्मा खोप लगाएका नागरिकलाई लक्षित गरेर खोप दिन लागेको हो ।

कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई लक्षित गरेर थप मात्राको खोप दिन लागेको हो । पहिला जुन खोप लगाएको हो सोही प्रकृतिको खोप थप एक अतिरिक्त मात्रामा दिइने जनाएको छ । यो खोप बुस्टर डोज नभएर कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिलाई दिइने अतिरिक्त खोप हो ।

स्वास्थ्य मन्त्रालयले अतिरिक्त खोप दिनुपर्ने समूहसमेत छुट्याएको छ । त्यस्तो समूहमा सक्रिय क्यान्सर रोगीहरू, अंग प्रत्यारोपण गरेका व्यक्ति, एचआईभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी, भेरोसेल तथा सिनोफार्म खोप लगाएका ६० वर्ष र सोभन्दा माथिल्लो उमेरका व्यक्तिले अतिरिक्त खोप पाउनेछन् । उनीहरूले नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न स्वास्थ्य मन्त्रालयले भनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 490 times, 1 visits today)

epaper

ताजा समाचार

मनसुनमा घुम्ने रहर