दक्षिण एसियामा भारतका चुनौती

दक्षिण एसियाका मुलुकमा धार्मिक र सांस्कृतिक समरूपता भए तापनि आर्थिक विकासको कसीमा लाभ प्राप्त भएको छैन । पूर्वी एसियामा आसियानको छातामुनि विमर्श र संवादको माध्यमबाट समझदारी र सहयोगको वातावरणमा आसियान मुलुकहरूले आर्थिक उचाइ प्राप्त गरे । दक्षिण एसियामा सार्कले प्रभावकारी भूमिका खेल्न सकेन । जनसांख्यिक लाभांश, सम्पदा र संस्कृतिले गर्दा दक्षिण एसिया प्रचुर सम्भावनाले भरेको छ । हरेक दक्षिण एसियाली मुलुकले विकास र प्रगतिको मार्ग चित्र तयार गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । यही सन्दर्भमा भारतका उच्च कोटिका शोध संस्थान अब्जरर्भर रिसर्च फाउनडेन्सनका विद्वान हर्ष पन्थले ‘पोलटिक्स एन्ड निजियोपोल्टिक्स’ नामक पुस्तक प्रकाशन गरेका छन् । पुस्तकले दक्षिण एसियाको परिदृश्यलाई आलोकित गरेको छ । पुस्तकमा उनले भारतको सामरिक नीतिमा केन्द्रित भए तापनि दक्षिण एसिया मुलुकहरूमा भइरहेको विभिन्न सामरिक र कूटनीतिक अभ्यासमाथि पनि चर्चा गरेका छन् ।

भारतको आकार र संरचनाले गर्दा दक्षिण एसियाको हरेका द्विपक्षीय र बहुपक्षीय मुद्दालाई प्रभावित गर्छ । दक्षिण एसियाली मुलुकमा भइरहेको प्रजातान्त्रिक आन्दोलन र परिर्वतनमा भारत घोषित र अघोषित रूपमा जिम्मेवार हुने गरेको छ । दक्षिण एसियाका प्रायः मुलुकहरूमा राजनीतिक दलहरूले भारत’bout एउटा भाष्य निर्माण गरेका हुन्छन् । पाकिस्तानको जन्म नै भारतविरोधी भाष्यमा भएकाले त्यहॉको राष्ट्रवादको सूचकांक नै भारत विरोधी भाष्य हो ।

भारत–चीन सम्बन्धको पराकम्पन दक्षिण एसियामा मात्रै नभईकन अन्तर्राष्ट्रिय रंगमञ्चमा पनि हेर्न पाइन्छ

बंगलादेशको धाइआमा भारत भए तापनि मोदीको वंगलादेश यात्राको सेरोफेरोमा भारतविरोधी दंगा र प्रदर्शन नभएका होइनन् । श्रीलंकाको आन्तरिक मामिलाको कारणले भारतले आप्mना अद्वितीय नेता राजीव गान्धी गुमाए । नेपालको हरेक राजनीतिक परिर्वतनमा भारतको सहयोग र सदभावना भए तापनि भारतविरोधी भाष्यले मलजल पाएकै हुन्छ । यसरी भारत विरोधी भाष्यको निर्माण हुनुका कारण पश्चिमा खेल, वर्तमानमा चिनियाँ नीति, भारतीय कूटनीतिमा कमजोरीजस्ता अनेक कारणलाई लिन सकिन्छ । भारतविरोधी भाष्यबाट भारतलगायत हरेक मुलुक प्रभावित भइरहेको अवस्था छ । भारतको आर्थिक क्षमता र भौगोलिक बनौटको कारणले नै गर्दा कुनै पनि दक्षिण एसियाली मुलुकहरूले भारतसँग टाढा भएर आर्थिक फड्को मार्न सक्दैनन् ।

कटु सत्य के हो भने भारत पनि यसवाट प्रभावित भएको छ । बंगलादेशको आर्थिक सम्बन्ध भारतसँग घनीभूत रूपमा बढेको कारणले नै गर्दा बंगलादेशको प्रतिव्यक्ति आय भारतभन्दा पनि बढी देखिएको छ । चीन र अमेरिकाको छत्रछाया भए तापनि पाकिस्तानी अर्थतन्त्र करुणामय अवस्थामा देखिएको छ । यस अवस्थामा भारतले दक्षिण एसियाली नीतिमा आमूल परिर्वतन ल्याउनु पर्ने आवश्यकता देखिएको छ । सार्कको विकल्पमा बिम्स्टिेकलाई प्रभावकारी बनाउन आवश्यक नीति र कार्यक्रमको खाँचो देखिएको छ । दक्षिण एसियामा भारतको प्रमुख चुनौती चिनियाँ नीति हो । हुन त चीनको आगमनभन्दा पहिले नै दक्षिण एसियामा अमेरिकालगायत युरोपेली मुलुकले आप्mनो भूमिका खेलेका थिए ।

५० को दशकमा पाकिस्तान अमेरिकाको सैनिक गठबन्धनमा हुनु र श्रीलंकामा अमेरिकी लगानी र भूमिका हुनु एक प्रतिनिधि उदाहरण हुन् । चिनियाँ अर्थतन्त्रको आकार नै भारतको अर्थतन्त्रको आकारभन्दा पॉच गुना ठुलो हुनुको कारणले पनि बीआरआर परियोजनाको आवरणमा दक्षिण एसियाली मुलुकमा चीनको प्रचुर लगानी भइरहेको छ । तर, चीनको लगानी आपैंmमा प्रश्नको धेरामा छन् । चीनको लगानीमा चिनियाँ कम्युनिस्ट पार्टीको महत्वाकांक्षा विम्बित भइरहेको छ । श्रीलंका सरकारले हम्वनटोटा बन्दरगाहको निर्माण भएको लागतको ब्याजसमेत तिर्न असमर्थ रहेको अवस्थामा हम्बन टोटा बन्दरगाह ९९ वर्षका लागि चिनियाँ मातहतमा गएको अवस्था छ ।

भारतको आकार र संरचनाले गर्दा दक्षिण एसियाको हरेका द्विपक्षीय र बहुपक्षीय मुद्दालाई प्रभावित गर्छ

यही परिदृश्य सिपेक परियोजनामा पनि हुन सक्ने पनि जानकारले आँकलन रहेको छ । ६५ विलियन अमेरिकी डलर लगानी भएको पाकिस्तान कोरिडोरको निर्माणपश्चात् सो योजना चिनियाँ पोल्टोमा जान सक्ने सम्भावना देखिन्छ । दक्षिण एसियामा मात्रै होइन । युगान्डाको विमानस्थल चीनको मातहतमा आइसकेको छ । नेपालको प्रस्तावित रेल योजनाको लागत नेपालको अर्थतन्त्रको आकारभन्दा ठूलो रहेको जानकारको आँकलन रहेको छ । यस अवस्थामा प्रजातान्त्रिक मूल्य र मान्यताअनुसार भारतले आप्mनो धर्म, संस्कृति, ज्ञान र विज्ञान (सफ्ट पावर)बाहेक पूर्वाधार र परियोजनालाई परिचालन गर्न दक्षिण एसियाली मुलुकलाई केन्द्रविन्दु बनाउनुपर्छ ।

सांस्कृतिक समरूपता, भाषा र सामाजिक सम्बन्धको भुइँ टेकेट विकासको सहयात्रामा दक्षिण एसियाली मुलुकलाई लग्नु भारतको परराष्ट्र नीतिको उद्देश्य हुनुपर्छ । दक्षिण एसियामा हरेक मुलुकहरूले चिनियाँ कार्डलाई कूटनीतिको अस्त्र बनाएका छन् । बंगलादेशलाई हतियार खरिदका लागि भारतले ५०० मिलियन अमेरिकी डलर सहयोग गरे तापनि बंगलादेशले हतियार चीनबाट खरिद गरेका छन् । बंगलादेशको बाध्यता आप्mनो ठाउँमा होला ।

भारत र चीनको सम्वन्धको पराकम्पन दक्षिण एसियामा मात्रै नभईकन अन्तर्राष्ट्रिय रंगमञ्चमा पनि हेर्न पाइन्छ । गलवानमा सैनिक तनाव हुनेवित्तिकै भारत मालावर सैनिक अभ्यासमा सहभागिता हुनु, कर्वाडमा सक्रियता बनाउनु, फाइव जीलगायत विभिन्न चिनियाँ प्रविधि र लगानी बहिष्कार गर्नु यसका उदाहरण हुन् ।

नेपाल भारत सम्बन्ध’bout सो किताबमा भारतका पूर्वराजदूत मञ्जित पुरीले केही मौलिक मुद्दा उठान गरेका छन् । बदलिँदो परिवेशमा नेपालका मध्यमवर्गीय समाजको आकांक्षा र भावनालाई सम्बोधन गर्न भारतले दीर्घकालीन नीति लिनुपर्ने उनको तर्क रहेको छ । नेपाली अर्थतन्त्रले आकार लिनेबित्तिकै भारतसँगको मैत्रीमा आमूल परिर्वतन हुने संकेत गरेका छन् । सो पुस्तकमा भारतको पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान, नेपाललगायत अरू वैश्विक मुद्दामा पनि चर्चा गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 649 times, 1 visits today)

epaper

ताजा समाचार

असोजमा भित्रियो कीर्तिमानी २ खर्ब ६७ अर्ब रुपैयाँ रेमिटेन्स