जसपामा चर्को विवादः अध्यक्ष यादवद्वारा कृषिमन्त्री यादवको राजीनामा माग

काठमाडौं । पार्टी विभाजनका बेला मन्त्री बन्न महन्थ ठाकुर–राजेन्द्र महतो समूह त्यागेर जनता समाजवादी पार्टी (जसपा)मै बसेका महेन्द्र राय यादव र अध्यक्ष उपेन्द्र यादवबीच मनमुटाव बढेको छ । विभाजनका बेला अध्यक्ष उपेन्द्रलाई साथ दिँदै कृषिमन्त्री बनेका महेन्द्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा मागिएपछि मनमुटाव बढेको हो ।

सर्लाहीबाट प्रतिनिधित्व गर्ने महेन्द्रलाई लाइनमा ल्याउन पार्टी समायोजनका नाममा आफ्ना पक्षका कार्यकर्तालाई मात्रै च्यापेपछि महेन्द्र अध्यक्ष उपेन्द्र यादवसँग रिसाएका हुन् । उता अध्यक्ष यादवले भने सन्तोषजनक काम नगरेको कृषिमन्त्री महेन्द्रको राजीनामा नै माग गरेका छन् । जनमत पार्टीले गरेको किसान आन्दोलनका कारण आफ्नो आधारक्षेत्र कमजोर बन्ने भएपछि उपेन्द्रले महेन्द्रलाई मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएका हुन् । पछिल्लो केही समययता जनमत पार्टीले किसानको मुद्दा उठाएर मधेसमा आन्दालन चर्काएको छ ।

मन्त्री छनोट गर्ने बेलामै आफ्नो नाम नपरेपछि पार्टीमा नबस्ने धम्की दिएका महेन्द्रलाई अन्तिम समयमा सांसद प्रमोद साहको ठाउँमा मन्त्री बनाएका उपेन्द्रलाई तिनै महेन्द्र अहिले टाउको दुखाइको विषय बनेका हुन् ।

आफू मन्त्री बन्न प्रदेश २ मा मन्त्री रहेका आफ्ना समर्थक रामनरेश रायको मन्त्री पदसमेत खाने सम्झौता गरेका महेन्द्र अहिले डा. बाबुराम भट्टराईसँग नजिक हुँदै गएपछि उपेन्द्रले उनको राजीनामा मागेका छन् । पछिल्लो समय अध्यक्ष यादवसँग असन्तुष्ट नेताहरू भट्टराईसँग नजिक बन्दै गएपछि उनी पार्टीमै कमजोर बन्दै गएका छन् ।

उता, जसपा शीर्ष नेताहरूबीच पनि असन्तुष्टि बढ्दै गएको छ । जसपा संघीय परिषद्का अध्यक्ष डा. भट्टराई र अध्यक्ष उपेन्द्रको विवाद सतहमै देखिएको छ ।

जसपा स्रोतका अनुसार डा. भट्टराई र यादवबीचको असन्तुष्टिले दुई नेता पछिल्लो समय एउटै मञ्चमा समेत सहभागी हुन छाडेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भट्टराईले बालुवाटारमा पुगेर भेट गरेपछि यादव उनीबाट असन्तुष्ट भएका थिए ।

पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट मन्त्री पठाउने’boutमा यादवले एकलौटी गरेपछि भट्टराई उनीबाट असन्तुष्ट भएका छन् । जसपा कार्यकारिणी समितिका एक सदस्यका अनुसार व्यक्तित्वको टकराव र राजनीतिक भविष्यलाई लिएर दुई नेताबीच असन्तुष्टि बढ्दै गएको हो ।

पाँच दलीय गठबन्धनमा सहभागी हुँदै आएका यादवले बैठकमा हुने छलफल तथा निर्णय ’boutमा डा. भट्टराईलाई जानकारी नदिने र रायसल्लाहसमेत नगर्ने गरेको आरोप लाग्दै आएको छ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सत्तारूढ गठबन्धनबीचमा भएको सिट बाँडफाँटमा भट्टराईको असन्तुष्टि छ । तीन सिटको दाबी गर्दै आएका भट्टराईले गठबन्धनको बैठकमा सहभागी भएका यादवले दुई सिटमै सहमति गरेर फर्केका थिए । त्यो दुई सिटमा समेत यादवले एकल निर्णय गरेपछि भट्टराई झनै रुष्ट भएका छन् ।

जसपा कार्यकारिणी समितिका सदस्य नवराज सुवेदीले राष्ट्रिय सभा निर्वाचनका लागि कसरी समझदारी गरियो ? म्यान्डेटभन्दा बाहिर गएर अपारदर्शी ढंगबाट किन काम भयो ? कार्यदलको बैठकमा भएका गतिविधि किन पारदर्शी भएनन् ? भन्ने प्रश्न व्यापक रूपमा उठेको बताउँछन् ।

१९ सिटका लागि भइरहेको निर्वाचनमा एकल निर्णय गरेका यादवले आगामी दिनमा हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा समेत मनोमानी र एकल निर्णय गर्न सक्ने अनुमान भट्टराईको छ । तर, पार्टीमा बढी स्पेस र जिम्मेवारी दिए आफ्नै राजनीतिक भविष्य खतरामा पर्न सक्ने आशंका यादवको रहेको जसपा स्रोतले जनाएको छ ।

पार्टीका विभिन्न प्रशिक्षणहरूमा प्रमुख प्रशिक्षक रहने डा. भट्टराईलाई यादवले समेत वास्ता गर्न छाडेको आरोप पार्टीभित्र छ । जसपा प्रदेश २ का उपाध्यक्ष सुशील यादवले सार्वजनिक रूपमै पार्टी विधान तथा व्यवस्थाविपरीत चलिरहेको आरोप लगाएका छन् ।

यादवले प्रदेश २ मा पार्टी प्रशिक्षण कार्यक्रममा डा. भट्टराई नबोलाइएको भन्दै संघीयताको सिद्धान्तबाट पार्टी विमुख भएको आरोपसमेत लगाएका छन् । देशमा वैकल्पिक राजनीतिक शक्ति स्थापना गर्न मधेसवादको मूलमन्त्रलाई बिर्सेर डा. भट्टराईको नयाँ शक्तिसँग एकीकरण गरेको दुई वर्ष नबित्दै आफ्नो वर्चस्व गुम्ने डरले यादवले डा. भट्टराईलाई सीमित भूमिकामा राख्न खोजेको आरोप छ ।

पटकपटक एकलौटी निर्णयका कारण पुराना सहयोगी गुमाउँदै आएका यादवले डा. भट्टराईलाई बढी जिम्मेवारी तथा प्रोत्साहन दिए नेताहरू उनकै पछि लाग्ने र आपूm अल्पमतमा पर्ने डरका कारण उनलाई जिम्मेवारी दिन नचाहेको नेताहरू बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 924 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयर उम्मेदवारको चुनावी प्रतिबद्धता : युवाकेन्द्रित कार्यक्रम ल्याउँछौं