गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा १७७९ साल पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्यमा छरिएर रहेका राज्यलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । मूलतः भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । यसैगरी, एकीकरणको क्रममा १८०० सालमा राज्याभिषेकपछि १९ वर्षको उमेरमै एकीकरणको अभियान थाले । सर्वप्रथम १८०१ साल असोज १५ गते नुवाकोटमाथि आक्रमण गरी एकीकरण आरम्भ गरे । १८११ साल साउन २१ गते नगरकोट र दहचोकमाथि आक्रमण गरेका उनले त्यसपछि विशाल मकवानपुर राज्यमाथि आक्रमण गर्दा ठूलो संघर्ष गर्नुप¥यो । त्यसपछि उनले १८२२ चैत ३ गते कीर्तिपुरमाथि अधिपत्य जमाए । कान्तिपुरका राजा जयप्रकाश मल्लको सहयोगार्थ अंग्रेजी फौज आएको थाहा पाएपछि गोरखाली सेनाले सिन्धुलीगढीलाई चारैतिरबाट घेरा हाली आक्रमण ग-यो ।
त्यस युद्धमा हजारौंले मृत्युवरण गरे भने कति ज्यान जोगाएर भागे । यसरी १८२५ साल असोज १५ गते काठमाडौं उपत्यकामाथि गोरखाली फौजले सजिलैसित विजय प्राप्त ग¥यो । फलतः पृथ्वीनारायण शाह नेपालका राष्ट्र निर्माता, युग, पुरुष र राष्ट्रभक्त आधुनिक नेपालका निर्माता हुन् । उनी सारा जीवन राष्ट्रनिर्माणका निम्ति लगाउने एक मात्र ठूला तपस्वी हुन् । एकीकरणका दौरानमा विविध संघर्ष र पराजयको सामाना गर्नुपरे तापनि क्रमशः एक एक खुड्किला पार गर्दै जानु उनको अदभ्य साहस र तीव्र देशभक्तिको परिचायक हो । यस्ता, राष्ट्रप्रेमी युग पुरुषको चर्चा गर्दा हामी नेपालीहरूको मनमस्तिष्कमा सर्वप्रथम राष्ट्रनिर्माता पृथ्वीनारायण शाहतर्फ उन्मुख हुन्छ । उनको विराट व्यक्तित्व र मौसुफका अमूल्य भावनाको चर्चा नेपालीहरूले जति गरे पनि थोरै नै हुन्छ ।
पृथ्वीनारायण शाहले टुक्राटुक्रामा विभाजित राज्यलाई एक सूत्रमा आबद्ध गरी नयाँ नेपालको जग बसालेका मात्र होइनन्, तत्कालीन नेपालको सामाजिक, राजनीतिक, आर्थिक आदि विभिन्न तहको राम्रो अध्ययन, मनन, विश्लेषण गरी त्यसका आधारमा निचोड निकालेर विभिन्न विषयमा नीति निर्धारण गरेका थिए । जुन कुरामध्ये धेरैजसो कुरा आजसम्म पनि हाम्रोसामु टड्कारो रूपमा सान्दर्भिक रहेको पाउँछांै । नेपाल र सम्पूर्ण नेपालीको अस्तित्व जोगाउन विभाजित नेपाललाई एक सबल र अखण्ड राष्ट्रका रूपमा खडा गराउने महान् कार्य पृथ्वीनारायण शाहबाटै भएकोमा इतिहास साक्षी छ ।
नेपाल राष्ट्रको स्वतन्त्रता अक्षुण्ण राख्ने पृथ्वीनारायण र उनका उत्तराधिकारी राजाबाट ब्रिटिस भारतको चङजुलबाट बच्न धेरै कालपछिसम्म सजग र सावधान रहनुप¥यो । मुलुक आधुनिक युग सुहाउँदो उपवन भई प्रत्येक फूलका रूप, सौरभको विकास सँगसँगै यी विकसित हुनैपर्छ । राजाको सक्रिय एवं सबल नेतृत्व पाएर नेपाली जनताले कठिनभन्दा कठिन कार्य गर्न सदा अघि सरेको कुरा प्रत्येकले राम्ररी जान्छन् । आफ्नो वीरताका लागि संसार प्रसिद्ध भएको यस्तै कठिन र भयावह परिस्थितिको सफलतापूर्वक सामना गर्न सकेकाले नै प्रस्तुत भएको हो ।
पृथ्वीनारायण शाहले टुक्राटुक्रामा विभाजित राज्यलाई एकसूत्रमा आबद्ध गरी नयाँ नेपालको जग बसाले
छिमेकी विशाल देश भारत र चीनलगायत अरू ’roundका कतिपय देशलाई आफ्नो अधीनमा पार्न सक्ने अत्यन्त शक्तिशाली ब्रिटिस साम्राज्यवादसँग एउटा सानो देश भएर पनि नेपालले सामना गर्न सक्नु अवश्यै पनि राम्रो परिणाम हो । यसरी देशभक्ति, वीरता र स्वाभिमानले ओतप्रोत भएका पृथ्वीनारायणले नेपालको अस्तित्व जोगाउन चाहिने नेतृत्व मात्र प्रदान गरेका होइनन्, स्वयं निरन्तर राष्ट्रको विस्तार र विकासमा समेत क्रियाशील रहे । जब एसियाको यस भूभागमा तमाम राज्य रजौटा एकपछि अर्को विदेशी सत्ताको सामुन्ने नतमस्तक भई आत्मसमपर्ण गर्नु बाध्य भइराखेका थिए ।
देशका विभिन्न जनजाति, समुदाय, भाषाभाषी र वेशभूष भएका सम्पूर्ण नेपालीलाई एउटै सूत्रमा संगठित राख्ने शक्ति राजामा नै केन्द्रित छ । कसैलाई काखापाखा नगर्ने सबैलाई समान व्यवहारजस्ता सुकार्य उनको उदयकालदेखि नै भइरहेको छ । नेपालको इतिहासमा उनको गरिमा विशिष्ट र अतुलनीय रहिआएको छ । राष्ट्रनिर्माता पृथ्वीनायण शाहको अथक प्रयास र पराक्रमबाट वर्तमान नेपालको एकीकरण भयो र हामी नेपाली कहलाउन पायौं । नेपाल चार वर्ण छत्तीस जातको फूलबारी भएको कारणबाट यहाँ जाति, धर्म र सम्प्रदायबीच कहिले पनि झैंझगडा र मनोमालिन्य भएको घटना त्यति देखिएका छैनन् । नेपालको ऐतिहासिक पृष्ठभूमिलाई पल्टाएर हेर्ने हो भने यो देशमा लिच्छवीकालीन युगका राजा अंशुबर्माका पालालाई नेपालको स्वर्णयुग मानिन्थ्यो । यस युगमा सुनका सिक्कासमेत चलाइन्थ्यो । यही सत्यतालाई नेपालका पूर्वजले अँगाल्दै आउँदा बीचमा केही समय बाइसे चौबिसे राजा रजौटाले मुलुको स्वतन्त्र अस्तितवलाई खल्बल्याउने प्रयत्न गरे तापनि त्यस्तो प्रयास निष्फल हुन गयो ।
आज नेपाल र नेपालीले विश्व मानचित्रमा आफ्नो देशको नाम सुनौला अक्षरमा देख्न र लेख्न पाएका छन्
मूलतः पृथ्वीनारायण शाहले टुक्रिन लागेका भूभागलाई एक सूत्रमा बॉध्ने अभिलाषाले बाइसी चौबिसी राजाको उन्मूलन गरेर काठमाडौं, ललितपुर, भक्तपुर र अधिराज्यभरका सम्पूर्ण प्रान्तलाई एउटै राष्ट्रिय झन्डामुनि एउटै राजाको नेतृत्वबाट सञ्चालित राज्य व्यवस्थाको घोषणा गरी आज विश्वसामु नेपालको शिर झुकाउनुपरेको छैन । यसर्थ, पृथ्वीनारायण शाहको सम्पूर्ण जीवन युद्धमा नै बिते तापनि उनले शासन सुधार्ने र जनतालाई सुख सुविधा दिने कार्यमा प्रशस्त ध्यान दिएका छन् । जातीय तथा वर्गीय भेदभाव नराखी सबै जनताको सहयोगमा विशाल मुलुक स्थापित गरे । उनी परराष्ट्र मामिला सम्बन्धमा अत्यन्त सचेत र दूरदर्शी भएको प्रस्ट हुन्छ । आज नेपालले जुन असंलग्न परराष्ट्र नीति अपनाइरहेको छ त्यसको आरम्भकर्ता उनै हुन् ।
समग्रमा भन्नुपर्दा पृथ्वीनारायण शाहको दिव्योपदेश २१औं शताब्दीमा आएर पनि त्यतिकै लोकप्रिय तथा सान्र्दभिक भएको छ । छिन्नभिन्न अवस्थामा रहेको मुलुकलाई एक सूत्रमा बाँधेर आज ३ करोड बढी नेपालीलाई विश्वमा नै आफ्नो छाती फुलाउने अवसर प्रदान गर्नु उनको दूरदृष्टि मान्न सकिन्छ । यस्ता परमभक्त, योद्धा, लडाकु, कुशल राजाको यस धर्तीमा विराजमान भएको हुनाले नेपाल र नेपालीले विश्व मानचित्रमा आफ्नो देशको नाम सुनौला अक्षरमा देख्न पाएका छन् यस्ता महान्को सम्झनामा विभिन्न कार्यक्रम साथ राष्ट्रिय एकता दिवस प्रत्येक वर्ष पुस २७ गते नेपाल अधिराज्यभरि धुमधामसाथ मनाउने कार्य गरिन्छ ।
अतः हिमवत् खण्डका ससाना हिन्दुराज्यहरूको एकीकरण गर्नमा पृथ्वीनारायण शाह र त्यसपछि उनका कान्छा छोरा बहादुर शाहको योगदान रहेको छ । पूर्वमा टिष्टा र पश्चिममा सिमलासम्मका संकटमा पर्न लागेका ५४ भन्दा बढी हिन्दु राज्य एकीकरण गरेर विशाल नेपालको सिर्जना भई विश्वको एक मात्र हिन्दु अधिराज्यका रूपमा स्थापित हुन सकेको हो ।
यस कारण उनी राष्ट्र निर्माता हुन् । यसर्थ लामो समयदेखि मुलुकले उनको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउँदै आएको छ । मुलुकमा गणतन्त्र स्थापना भएको केही वर्षसम्म औपचारिक रूपमा राष्ट्रिय एकता दिवस मनाउन छाडिएको थियो तर नयाँ संविधान जारी भएपछि सरकारले विविध कार्यक्रम गरेर पृथ्वीजन्यती मनाउन थालेको छ । अतः पृथ्वीनारायण शाहको नेतृत्वले गर्दा चन्द्र–सूर्य अंकित झन्डा फहराएर हिमवत् खण्डको मौलिकतालाई जीवन्त राखियो । यसरी पृथ्वीनारायण शाहबाट भएको त्याग र बलिदानबाट नेपालको एकीकरण जसरी भयो त्यसरी नै हामी नेपालीहरूले यो राष्ट्रको संरक्षणमा समर्पित हुन सक्नुपर्छ ।