लिपुलेक सडक विस्तारप्रति एमालेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले लिपुलेकमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयप्रति आपत्ति जनाएको छ ।

एमाले स्थायी कमिटीका सदस्य एवं विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै लिपुलेक, लिम्पियाधुरामा सडकलगायतका संरचना निर्माणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पु¥याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्ने पनि माग एमालेले गरेको छ ।

‘सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुंग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा एमालेको अविचलित मान्यता छ,’ भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभागका रूपमा रहेका र गत वर्ष नै राजनीतिक प्रशासनिक नक्सा एवं संविधान संशोधनमार्फत् नेपालले यस विषयमा आफ्नो कानुनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको तथ्य सर्वविदितै रहेको उनले जनाएका छन् ।

राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारले सन्देहास्पद मौनता साँधेको भन्दै विज्ञप्तिमा सरकारको मौनताले अनेकौं प्रश्न जन्माएको उल्लेख छ ।

‘हाम्रो पार्टी यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यावहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ,’ एमालेले सरकारसँग माग गरेको छ ।

भारतीय पक्षले लिपुलेकमा सडक विस्तार गरेको प्रति विभिन्न राजनीतिक दलले विरोध गर्दै आए पनि सरकार भने यस विषयमा किन मौन छ भन्दै उनले प्रश्नसमेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१० हजार बढी सुब्बा बिदाको बहानामा आन्दोलनमा

कुरी-कुरी