विचार ठूलो कि देश ?

अहिले नेपाली समाज विभिन्न राजनीतिक विचार एवं आस्थामा बाँडिएको अवस्थामा छ । राजनीतिक दलले अशिक्षा, गरिबी र पछौटे जीवन बाँच्न नेपाली समाजलाई जात, जाति, भाषा, वर्ग लिंग, क्षेत्रलगायतको सोचमा बाँड्ने र भाँड्ने काम गरिरहेको छ । समाजमा सदियौंदेखि गहिरोसँग गाँसिएको सामाजिक सद्भाव, जातीय एकता, मानवीय व्यवहार एवं परोपकारी भावनासमेत गिजोलिएको अवस्था छ । मदेशी र पहाडीका बीचमा क्षेत्रीय चिन्तनको विकास गराउने काम भएको छ । एकातिर राजनीतिक स्वार्थमा दलले सामाजिक मूल्य र मान्यतामाथि प्रहार गरेका छन् भने अर्कोतिर राजनीतिक आस्थाको बहावमा समाज विभाजित छ । देश हामी सबैको साझा थलो हो ।

नेपाली समाजको पहिचान विविधतामा एकता हो । नेपालमा बसोबास गर्ने जुनसुकै क्षेत्र, वर्ग, जात, जाति, भाषाभाषी, मुस्लिम, दलितलगायत सम्पूर्णको देश हो नेपाल । सामाजिक सद्भाव र आपसी भाइचाराको संस्कारिक विकासमा हाम्रा पूर्खाको ठूलो योगदान छ । उनीहरू सामाजिक सद्भाव र आपसी मेलमिलापमा उदार थिए । आज त्यो उदारपन साँघुरिँदै गएको अवस्था छ । हामीहरू अहिले राजनीतिलाई पेसा बनाउने दलका नेतागणका कुरा सुनेर हिमाल, पहाड र तराईलगायत जातीय मनोविज्ञानमा चिन्तनशील छौं । राजनीतिक विचारको आस्थामा विभक्त भएका छौं । कुनै पनि विचारभन्दा देश ठूलो हो । राष्ट्रियता महान् हो । जुन देशका नागरिकमा राष्ट्रियताको भावना जीवन्त हुन्छ, त्यो देश शान्त हुन्छ, समृद्घ हुन्छ । मेलमिलाप भएको मुलुकमा नागरिक एकजुट भएर राष्ट्र निमार्णमा लाग्दछन् । विकासले गति लिन्छ ।

यसर्थ बिग्रिएको राजनीति र खलबलिएको सामाजिक सद्भावलाई सुधार्न हामी सबैले देशलाई सबैभन्दा माथि राख्न सक्नुपर्दछ । यो साझाघरलाई टुक्र्याउने, भत्काउने, कमजोर बनाउने राजनीतिक दाउपेचमा लथालिंग पार्ने कार्य विनासविपरीत बुद्घि हुन्छ । त्यसैले त्यसो नगरांै । नेपालको राजनीतिमा आमनागरिकले बुभ्mन नसकेको जड कुरा हो, राजनीतिक सिद्घान्त । राजनीतिक सिद्घान्त र वादका आधारमा दल र जनता विभाजिन छन् । कोही माक्र्सवाद भन्छन् । कोही लेलिनवाद । कोही लेलिनवाद र माक्र्सवादलाई एकै ठाउँमा मिलाएर राजनीति गर्छन् । कोही माओवाद, अझै पछिल्लो समयमा सबै राजनीतिक दलले समाजवादको रटान लगाउन थालेको पाइन्छ । माथि उल्लेखित वादका अनुयायीलाई यी वादको सैद्घान्तिक धारणा र आजको एक्काइसौं शताब्दीको नेपाली समाजमा यसको उपयोगिता’bout बहस गरेको पाइँदैन । राजनीतिक शास्त्रार्थ भएको पाइँदैन ।

देश कुनै पनि राजनीतिक दल व्यक्ति वा सैद्धान्तिक विचारभन्दा माथि हुन्छ

आज नेपाली समाजमा महत्वपूर्ण विषय देश विकास र सुशासन दिनका लागि यी वादहरू आवश्यक छन् त ? भन्ने हो । अर्थात् उल्लेखित वादहरू हाम्रो जस्तो भूगोल, जनसंख्या, शैक्षिक स्तर, प्राकृतिक स्रोत र साधन, मानव संसाधन भएको आजको समाजमा उपयुक्त छन् कि छैनन् ? भन्ने हो । अथवा यी वादले विकासको मार्गचित्र तय गर्दछन् ? सुशासनमा दिशानिर्देश गर्दछन् ? भ्रष्टाचार रोक्दछन् ? गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउँछन् ? भन्ने हो । हालसम्म यसो हुन सकेको देखिँदैन । नेपालमा पुँजीवाददेखि साम्यवादसम्मका राजनीतिक सिद्घान्तको प्रयोग भएको छ । वर्गीय लेगेसी बोकेका शासक र पुँजीवादको खिलापमा लामो राजनीतिक संघर्ष गरेका हाम्रो देशका कम्युनिस्ट सत्तामा पुगेपछि उस्तै सुकिला मुकिला देखिएका छन् । सर्वहारा भन्नेहरू सहरका आलिसान भवनमा बस्दछन् ।

गाडी घोडाको सुविधामा अभ्यस्त छन् । करोडौंको भ्रष्टाचारमा यिनीहरूको नाम जोडिएको छ । यसरी हेर्दा मुखमा राम राम बगलीमा छुरा भने जस्तो माक्र्स, लेलिन, माओको नाममा यिनीहरूले राजनीतिक सिद्घान्तको कम्मल ओढेर घिउ खाने गरेका छन् । यसरी हेर्दा यिनीहरू राजनीतिक कलाकार हुन् । सिद्घान्त रटान गर्ने बबुरा हुन् । यिनीहरूलाई सिद्घान्तका कुरा गर्ने, काम गर्न ढंग नपु¥याउने, राजनीतिक पण्डित भन्ने गरिन्छ । आज साम्यवादका कुरा गर्नेहरू मात्र होइनन्, बीपीका अनुयायी पनि पद, पैसा र स्वार्थमा लुट्पटिएका छन् । यसरी सन्दर्भमा निर्ममतापूर्वक भन्नुपर्ने हुन्छ कि, हाम्रा नेताहरू अयोग्य हुन्, असक्षम हुन् र भ्रष्ट छन् । यिनीहरू विभिन्न वादका विद्यार्थी त होलान् तर ठीक बेठीक छुट्याउने शिक्षक होइनन्, निर्देशक होइनन् । कुशल व्यवस्थापक होइनन् । देश बनाउने सक्षम राजनीतिज्ञले हो । लोकहित चाहने राज्य व्यवस्थाकले हो । विधिको शासनले हो । त्याग, तपस्या र वलिदानले हो । विकासको भिजन, मिसन र एक्सनले हो । कुनै वाद वा सिद्घान्तले होइन ।

समाजका कतिपय स्वतन्त्र चिन्तन राख्ने जानकारहरू भन्छन्, हाम्रा राजनीतिक दलका नेतागणले राजनीतिक सिद्घान्तको ओकालत गर्दागर्दै कपाल फुलाए । जनतालाई भुलाए । तर, यिनीहरूले समाज बुझ्न सकेनन् । विकासको मार्गचित्र बनाउन सकेनन् । कहिले कसको त कहिले कसको सिद्घान्तका व्याख्यामा समय गुजारे । सिद्घान्तका कुरा गर्ने तर अवसर पाउँदा धन कुम्ल्याउन पछि नपर्ने यिनीहरू अवसरवादी हुन् । एउटै सिद्घान्त बोकेका दलभित्र पनि शक्ति र पैसा आर्जन गर्न नपाउनेले अर्को नयाँ दल खोल्ने र फेरि पनि उही सिद्घान्त भजाउने काम भइरहेको छ । माक्र्सवाद, लेखिनवाद, माओवाद, समाजवाद आदि इत्यादि । यसरी नेपाललाई वादको चक्रब्युहमा भद्रगोल बनाउने काम भएको छ र हुँदै छ ।

सदियौंदेखि गहिरोसँग गाँसिएको सामाजिक सद्भाव, जातीय एकता, मानवीय व्यवहार एवं परोपकारी भावनासमेत गिजोलिएको अवस्था छ

दोस्रो जनआन्दोलन २०६२-६३ पछाडि नागरिकले सोचेभन्दा पनि धेरै राजनीतिक परिवर्तन भयो । ८० प्रतिशतभन्दा बढी हिन्दुधर्मालम्बीको मुलुकलाई धर्म निरपेक्षता बनाइयो । अहिले धर्म निरपेक्षता नागरिकको माग थिएन भन्ने बहस चलेको छ । प्रदेशलाई अधिकार दिएर सम्पन्न बनाउन सकिन्छ भन्ने राजनीतिक परिभाषाको आधारमा प्रदेश सरकार बनाइयो । अहिले यिनीहरू सेतो हात्तीको रूपमा पाउर लगाइरहेका छन् । देशको ठूलो धनराशी प्रदेश सरकारसँग गाँसिएको संरचनामा खर्च भएको छ । संविधान बनिसकेपछि केही समयसम्म त नागरिक चुपचाप बसेर पख र हेरको अवस्थामा रहे । गरिबी, अभाव र पिछडापनले पिरोलिएका जनता देश विकास र आर्थिक समृद्घिको आशा थिए ।

तर, देशलाई विकास र समृद्घिको बाटो हिडाउनुपर्ने बखतमा शक्तिमा रहेका नेतागणबाट छलछामको राजनीतिक अभ्यासमा लागे । त्यसैले राजनीति र समाज बुभ्mनेहरू आक्रोसित छन् । तर, पनि दलका कार्यक्रममा देखिने कार्यकर्ताको भीडले अझै पनि नेपाली समाजमा कुनै पनि राजनीतिक दल, दर्शन वा विचारभन्दा देशमाथि हुन्छ भन्ने कुराको चेत नभएको प्रस्ट हुन्छ । प्रजातन्त्र जनताद्वारा, जनताले, जनताका लागि नै निर्मित राज्य व्यवस्था भएकोले जनताबाट चुनिएका जनप्रतिनिधिले देश र नागरिकका लागि काम गर्नेछन् भन्ने जनताको सपनामा धुमिल भएको छ ।

देशभन्दा राजनीतिक सिद्घान्त र वादलाई महान् सोच्नेले विचारभन्दा देश ठूलो हो भन्ने कुरा व्यवहारबाट देखाउन सकेनन् । नागरिक पनि कुनै राजनीतिक विश्वास र आस्थाका आधारमा दलको झन्डा मात्र बोक्नुपर्छ भन्ने चिन्तनबाट माथि उठ्न सकेनन् । त्यसैले देशको अवस्था भद्रगोल बन्दै गयो । अहिले देशमा लोकतन्त्र छ । अब आर्थिक विकास र नागरिक समृद्घिका लागि काम गर्नुपर्ने बखत आएको छ । यस्तो अवस्थामा हामीहरू एकजुट भएर देश निर्माणको साझा उद्देश्यका लागि जुटौं ।

राजनीतिक सिद्घान्त, वाद र समूहगत संलग्नताका आधारमा नफुटांै । भाइ फुटे गवार लुटेको अवस्था आउनुभन्दा अगावै हरेक नेपालीले जातीय र क्षेत्रीय पहिचानको होइन, राष्ट्रिय पहिचानको कुरा गरौं । समान अवसरको कुरा गरांै । भाषा, जात र क्षेत्रको होइन शिक्षा, स्वास्थ्य राज्यमा सबैको पहुँचको कुरा गरांै । सहिष्णु व्यवहार गरौं । देश कुनै पनि राजनीतिक दल, व्यक्ति वा सैद्घान्तिक विचारभन्दा माथि हुन्छ भन्ने कुरा बुझांै ।

तपाइको प्रतिक्रिया
(Visited 449 times, 1 visits today)

epaper

ताजा समाचार

गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो