भारतलाई सरकारको आग्रह– ‘एकपक्षीय सडक निर्माण रोक’

काठमाडौं । नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभागमा एकपक्षीय रूपमा सडक निर्माण र विस्तार रोक्न आग्रह गरेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली भूभाग भएर जाने कुनै किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्नसमेत भारतलाई आग्रह गरेका छन् ।

प्रवक्ता कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको समेत बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही समयअघि सार्वजनिक रूपमा लिपुलेक क्षेत्रमा सडक विस्तार भइरहेको जनाएका थिए । त्यसयता सरकारले आफ्नो धारणा सार्वजनिक नगरेको भन्दै आलोचनासमेत हुँदै आएको थियो ।

प्रवक्ता कार्कीले दुई देशको सीमा समस्याको समाधान ऐतिहासिक तथ्य, प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको पनि बताएका छन् ।

रोयल्टी बाँडफाँटको स्वीकृति
सरकारले प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को ३० पुसको बैठकल कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय पनि गरेको छ ।

बैठकले मेवा–चाँगे र केराबारी–न्यु मस्र्याङ्दी १३२ केभी प्रसारण आयोजनाको क्षतिपूर्ति निर्धारण समिति गठन गर्ने तथा बुढीगंगा जलविद्युत् आयोजना, खोर्लेबेंसी (गोरखा) ३३ केभी प्रसारण लाइन तथा सबस्टेसन र पाल्पा २२० केभी सबस्टेसन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने निर्णय पनि गरेको छ ।

सरकारले नेपाल विश्व विद्यालयसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्नुका साथै टोखा नगरपालिका र चीनको स्वायत्त क्षेत्र तिब्बतस्थित नक्छु सहरबीच भगिनी सम्बन्ध कायम गर्न पनि स्वीकृति दिने निर्णय गरेको छ ।

स्थानीय तहका विभिन्न परियोजनाका लागि जग्गा प्राप्ति गर्न विभिन्न ११ स्थानीय तहलाई स्वीकृति दिने निर्णय पनि भएको छ ।

सरकारले राजपत्रांकित प्रथम श्रेणीका सहसचिव शंकरप्रसाद खरेललाई विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने तथा लोकसेवा आयोगको सिफारिसमा विभिन्न सेवा समूहका राजपत्रांकित प्रथम श्रेणीको पदमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 307 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रहरीद्वारा हत्या गरिएका कुमार पौडेलको श्रीमती बागमतीको मेयरकाे उमेदवार