बढी यात्रु राख्नेमाथि ट्राफिक प्रहरीद्वारा धमाधम कारबाही

काठमाडौं । कोभिड–१९ तथा यसका नयाँ भेरियन्टको रोकथामका लागि सरकारले मन्त्रिपरिषद्स्तरीय निर्णय गर्दै सार्वजनिक यातायातका लागि नौबुँदे निर्देशन दिएको छ । मन्त्रिपरिषद्द्वारा जारी आदेशको प्रभावकारी कार्यान्वयन भने नभएको पाइएको छ ।

सरकारको ३६ बुँदे आदेशको १२औंं नम्बरमा सार्वजनिक यातायात क्षेत्रले कोभिड नियन्त्रण तथा रोकथामका लागि गर्नुपर्ने आदेशहरू उल्लेख गरिएको छ ।

आदेशको पहिलो नम्बरमा नै सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने व्यवस्था छ । सबै यात्रुलाई मास्क अनिवार्य गर्ने र सवारीसाधनको ढोकामा सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।

सार्वजनिक यातायातमा आदेश कार्यान्वयन फितलो

काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा भने सिट क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन भइरहेको पाइएको छ । यात्रुहरूले आफ्नो सुरक्षाका लागि मास्क अनिवार्यजस्तै लगाएको पाइए पनि सवारीसाधनको ढोकामा र सवारीसाधनभित्र सेनिटाइजरसमेत नराखिएको पाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले भने सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनमाथि कारबाही भइरहेको बताएका छन् । ‘सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइँदैन, त्यसरी यात्रु बोक्नेमाथि कारबाही भइरहेको छ,’ उनले राजधानीसँग भने ।

उनका अनुसार १ गतेदेखि हालसम्म सिट क्षमताभन्दा बढी यात्रु राख्ने सयभन्दा बढी सवारीसाधनलाई कारबाही गरिएको छ । ‘माघ १ गते २३ वटा, २ गते ३६, र ३ गते ३० वटा सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारीसाधनलाई कारबाही भएको छ,’ उनले भने ।

आदेशको १२ को ज नम्बरमा लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी सुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुको विवरण जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई उपलब्ध गराउनुपर्ने व्यवस्था राखिएको छ ।

यस्तै आदेशको झ नम्बरमा लामो दूरीमा चल्ने सार्वजनिक यातायातका यात्रुलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्ने आदेश दिइएको छ । यी आदेशको समेत कार्यान्वयन भएको पाइएको छैन ।

चालक तथा सहचालकले मास्क र फेस–सिल्ड लगाउनुपर्ने, सवारीसाधनलाई दैनिक रूपमा निसंक्रमित गर्नुपर्नेजस्ता नियमको पनि प्रभावकारी कार्यान्वयन नभएको पाइएको छ ।

महाशाखाले भने नियमको पालना नगर्नेमाथि नियमअनुसार कारबाही हुने जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 421 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसले टिकट नदिएपछि पूर्व एसएसपीले दिए स्वतन्त्र उम्मेद्वारी