मुम्बई । भारतीय दिग्गज गायिका लता मंगेशकर यतिबेला अस्पतालको आईसीयूमा उपचाररत छिन् । गत साता उनको स्वास्थ्यमा सुधार आएको भए पनि कोराना संक्रमणका कारण उनको अवस्था फेरि गम्भिर रहेको चिकित्सकहरूले बताएका छन् ।
मुम्बईको ब्रिच केन्डी अस्पतालमा उनको उपचार चलिरहेको छ । कोभिडपछि निमोनिया भएकाले उनलाई आईसीयूमा राखेर उपचार गर्नुपरेको चिकित्सकहरूले बताएका छन् । अहिले उनलाई कोरोनाभन्दा पनि निमोनियाले ग्रस्त बनाएको पनि चिकित्सकहरूको भनाइ छ । कोरोनामा सुधार आएपछि उनलाई निमोनियाले गम्भीर बनाएको हो ।
‘लताजी अहिले पनि आईसीयूमा हुनुहुन्छ । हामी उनको उपचारमा पूरा कोसिस गरिरहेका छौं र उनलाई चाँडै ठिक होस् भन्ने कामना पनि गर्दछौं,’ सो अस्पतालले आफ्नो प्रेस विज्ञप्तिमा भनेको छ ।
लताको अवस्था गम्भीर भएपछि बलिउडकर्मी तथा विभिन्न गायक गायिका र उनका शुभचिन्तकले सामाजिक सञ्जालमार्फत यतिबेला शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् । बलिउड अभिनेता अमिताभदेखि अधिकांश कलाकारले उनलाई चाडैं राम्रो होस् भनेर स्वास्थ्य लाभको कामना गरेका छन् । लताको स्वास्थ्य अवस्था’bout उनकी बहिनी तथा भारतीय गायिका आशा भोसलेले निरन्तर जानकारी गराइरहेकी छन् ।






