अभिनेत्री श्वेताको स्वास्थ्य स्थिर

काठमाडौं । कोरोना संक्रमणको महामारी बढिरहेको बेला नेपाली कलाकार पनि धमाधम कोरोना संक्रमित भएका छन् । मंगलबार कोरोना संक्रमित भएकी अभिनेत्री श्वेता खड्काले आफ्नो अवस्था स्थिर रहेको बताएकी छन् ।

कोरोनाको महामारी बढेका कारण सबैलाई सतर्क रहन अनुरोध गरेकी यी अभिनेत्रीले आफूलाई ज्वरो र खोकीको समस्या भएको बताएकी छन् । अहिले अवस्था स्थिर भएको र बिस्तारै सुधार हुँदै जाने उनको कथन छ । आफूसँग यो अवधिमा भेट भएकालाई उनले सतर्क रहनका साथै ज्वरो आएमा कोरोनाको परीक्षण गर्न पनि दुई दिनअघि नै सुझाव दिएकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 744 times, 1 visits today)

epaper

ताजा समाचार

असोजमा भित्रियो कीर्तिमानी २ खर्ब ६७ अर्ब रुपैयाँ रेमिटेन्स