प्रणाली बचाउनतिर लाग

अहिले पनि स्थानीय निर्वाचन कि संसदीय निर्वाचन भन्ने विषय निष्कर्षविहीन हुन पुग्दा यसले सबैमा अन्योलता ल्याएको छ । निर्वाचनको विषयमा सत्तारूढ दलहरू नै विभाजित हुन पुगेपछि देशको सिंगो निर्वाचन र चलिरहेको शासन प्रणाली के हुने हो भन्ने अवस्था सिर्जना हुन गएको छ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले नै यस’bout स्पष्ट धारणा बनाउन सकिरहेको छैन । संवैधानिक व्यवस्थाअनुसार पहिले स्थानीय तहको निर्वाचनको पक्षमा रहेका नेपाली कांग्रेसका अधिकांश नेता यस’boutमा बोल्न पनि चाहिरहेका छैनन् । त्यसमा पनि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा त सबैभन्दा बढी ढुलमुल र अन्योलतामा रहेको देखिएका छन् । प्रधानमन्त्री देउवालाई अन्य सत्तारूढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले भने आफ्नो धारणा स्पष्ट रूपमा राखिसकेका छन् । उनीहरूले स्थानीय निर्वाचन पछि गर्ने र अहिलेलाई संसदीय निर्वाचन गरिहाल्ने दबाब प्रमलाई दिइरहेका छन् । तर, म्याद सरिसकेको स्थानीय निर्वाचन नगरी कसरी संसदीय निर्वाचनमा जाने भनी अलमलमा परेका देउवा अनिर्णयको बन्दी बनिरहेका छन् । उता प्रम देउवाले आफ्ना सहयोगी दलहरूले दिएको सुझाव पनि नाइँनास्ती गर्न सकिरहेका छैनन् ।

तर, सत्तासीन ठूलो दल नेपाली कांग्रेस आफंैले औपचारिक धारणा बाहिर ल्याउन नसक्दा समस्या झन् बल्झन पुगेको छ । आफ्नै पार्टी नेपाली कांग्रेसका अधिकांश नेताहरू पहिला स्थानीय तहकै निर्वाचन गराउनुपर्ने पक्षमा रहेकाले देउवामा झनै दुविधा बढेर गएको देखिन्छ । अर्को सहयोगी दल राष्ट्रिय जनमोर्चा भने स्थानीय तहको निर्वाचनकै पक्षमा उभिएकाले सत्ताधारी गठबन्धन अहिले तानातानको अवस्थामा परिरहेको छ । उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सरकार जसरी जान्छ, आफूहरू फेस गर्न तयार भएको कुरा सार्वजनिक गरिसकेको छ । यसको विचारमा स्थानीय होस् वा संसदीय, आफूहरू तयार रहेको उसको सन्देश आएको छ । तर, एमालले कानुनतः पहिला स्थानीय तहकै निर्वाचन हुनुपर्ने आफ्नो स्पष्ट धारणा राख्दै आइरहेको छ । तर, एमालेले कुनै पनि निर्वाचनमा आपूmहरू नभाग्ने स्पष्ट पारेको छ ।

यसले सरकारलाई झनै असजिलोमा पारिरहेको छ । जनतामाझ प्रतिपक्षी निर्वाचनका लागि तयार रहने तर सरकार भने अलमलमा परिरहने हुँदा कतै सरकार नै पो असक्षम हो कि भन्ने भान पनि परिरहेको छ । नेपाली कांग्रेसका युवा नेता तथा महामन्त्रीहरूले स्थानीय निर्वाचन पहिले सम्पन्न गर्नुपर्ने भनेपछि नेपाली कांग्रेसमा उत्पन्न अन्योलता जनस्तरसम्म पुगेको छ । यसको समाधानका लागि गठबन्धनबीच संवाद र छलफल जारी रहे पनि टुंगो लाग्न भने बाँकी छ ।

निर्वाचन कसरी सम्पन्न गर्ने र राज्य व्यवस्थालाई कसरी बचाउने भन्नेभन्दा पनि आफू र आफ्नो पार्टीको हैसियत रक्षा कसरी गर्ने भन्ने प्रश्नले ठाउँ पाएपछि निर्वाचनको विषयलाई लिएर यस्तो अवस्था सिर्जना भएको देखिएको साँचो हो । दलका आआफ्ना दलीय स्वार्थ त्यागेर राष्ट्र र व्यवस्थाका लागि यदि सत्ताधारी दलहरूले सोचिदिने हो भने यो साँच्चिकै सर्वस्वीकार्य निर्णयमा पुग्न सक्ने थियो । तर, पार्टी स्वार्थ र आफ्नो स्थान कहाँ भनेर निर्वाचन पूर्व नै त्यसको खोजी हुन थालेपछि यस्तो विडम्बना सिर्जना हुन गएको हो । त्यसैले यस्ता व्यक्तिगत र दलगत स्वार्थ त्यागी व्यवस्था बचाउनतिर लाग । संघीय प्रणालीको रक्षा गर !

तपाइको प्रतिक्रिया
(Visited 277 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुनसरीमा २ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, कुनमा को अगाडि ?