फरक क्षमता भएका यात्रुलाई पुरानो बसपार्कमा छुट्टै व्यवस्था

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधनमा सहज पहुँच र सुविधाका लागि चढ्न र ओराल्नका लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीको निर्देशनअनुसार सोमबारदेखि सो व्यवस्था सुरु गरिएको हो ।
महाशाखाले पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड पनि राखेको छ । ‘फरक क्षमता भएकाको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपांगमैत्री व्यवस्था थप्दै जानेछौं,’ एसएसपी जोशीले भने ।

ट्राफिक महाशाखाले सार्वजनिक सवारी साधनका चालक सहचालक तथा यात्रुवर्गलाई तोकिएको स्थानबाट मात्रै पिक एन्ड ड्रप गर्न पनि अनुरोध गरेको छ ।

मेसिनबाट ट्राफिक जरिमाना तिर्ने व्यवस्था थप सातवटा कार्यालयमा विस्तार
ट्राफिक प्रहरीले आफूले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौं उपत्यकाका सात वटा ट्राफिक कार्यालयमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिमाना रकम प्रभु–पेको मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्था विस्तार गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामाले आइतबारदेखि मातहतका महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, कोटेश्वर, गठ्ठाघर, दरबारमार्ग र थापाथली तथा महानगरीय ट्राफिक प्रहरी वृत्त मालीगाउँमा विस्तार गरेको छ । यसअघि यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा मात्र थियो ।

महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्त रूपमा रिबन काटी ‘प्रभु–पेको किअस्क मेसिन’ उद्घाटन गरेका थिए । सो उद्घाटनपश्चात् सातवटै ट्राफिक कार्यालय सेवा शुभारम्भ भएको छ ।

कार्यक्रममा बोल्दै महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जोशी ट्राफिक नियम उल्लंघन गरेबापत् सवारी प्रयोगकर्ताले जरिमाना तिरी आफ्ना कागजपत्र फिर्ता लिन सरल एवं सहज होस् भन्ने उद्देश्यले प्रभु बैंकको सहकार्यमा नयाँ प्रविधि आफूमातहतका सातवटा कार्यालयमा विस्तार गरिएको बताए । ‘किअस्क’ मेसिनमा सिधै नगद हालेर जरिमाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गई लाइन बस्नुपर्ने झन्झटबाट मुक्त भई समयको बचत हुने जानकारी पनि उनले दिए ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

फोहोर व्यवस्थापनमा चुक्दै बालेन, सरकार रमित

कुरी-कुरी