पूर्वकप्तान खड्काविरुद्ध आरोप पत्र दायर

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सेवामा रहँदा झुट्टा प्रमाणपत्र पेस गरेको भन्दै बुधबार आरोप पत्र दायर गरेको छ । अख्तियारले सरकारलाई हानी नोक्सानी पु¥याई आफू समेतलाई लाभ हुने कार्य गरेको र उक्त कार्य साविक भ्रटाचार निवारण ऐन र प्रचलित भ्रष्टाचार निवारण ऐनअनुसार कसुर गरेको प्रमाण पुष्टि हुन आएकोले दण्ड सजाय हुन माग दाबी गरी आरोप पत्र दायर गरेको जनाएको छ ।

महानगरीय प्रहरी गण नम्बर २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको केन्द्रीय खेलकुद समितिमा कार्यरत प्रहरी नायब निरीक्षक खड्काको शैक्षिक योग्यता (आईए)को प्रमाणपत्र नक्कली रहेको भन्नु उजुरीका आधारमा अनुसन्धान हुँदा झुटा प्रमाणपत्र पेस गरेको र सोही प्रमाणपत्रका आधारमा २०५५ कात्तिक १ गते प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भएको अख्तियारले उल्लेख गरेको छ । त्यस्तै, प्रहरी सेवामा निरन्तर वहाल रही २०५९ पुस १४ गते खड्का प्रहरी नायब निरीक्षक पदममा बढुवा भई सरकारलाई हानिनोक्सानी पु-याई लाभ हुने बदनियत राखेको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खड्काले प्रहरी सेवामा माध्यामिक शिक्षा परिषद् बाराणशी उत्तर प्रदेश भारतको शैक्षिक योग्यता (आईए)को झुटा प्रमाणपत्र पेस गरेको आरोप लगाएको छ । खड्का राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक १३ गोल गर्ने २ खेलाडीमध्येका एक हुन् । उनी हाल अखिल नेपाल फुटबल संघ (एन्फा)का महिला विभागका प्रमुख हुन् । महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकसमेत रहिसकेका खड्का सन् २०१५ मा राष्ट्रिय पुरुष टोलीको सहायक प्रशिक्षक समेत रहेका थिए । खड्काको कप्तानीमा नेपाल पुलिस क्लबले २०६३ सालमा सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेको थियो । २०६४ मा उनी लिगका सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 235 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
उम्मेदवारको घरमा विस्फोट, श्रीमती घाइते