स्यान्टु र प्रदीप क्वार्टरमा

काठमाडौं । नेपाल पुलिसका स्यान्टु श्रेष्ठ र प्रदीप रोका तेस्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

स्यान्टुले एपीएफका एलेक्स महर्जन तथा प्रदीपले आफ्नै क्लबका विपुल महर्जनलाई ४–१ को समान नतिजामा पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हुन् ।

पुरुष सिंगल्समै सीसीआरसीका आरिस महर्जन, एपीएफका अमरलाल मल्ल, पुलिसका राकेश महर्जन, भारतका आदर्श ओम क्षत्री, काठमाडौंका चन्दन शाही र पुलिसका विनेश खनियाँले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । ललितपुर जिल्ला टेनिस क्लबको आयोजना तथा सम्झना क्लिनिकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको महिला सिंगल्समा पुलिसकी नविता श्रेष्ठले आर्मीकी दिया देउलालाई ४–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरिन् ।

पुलिसकी सोनु थापा मगर, एपीएफकी सिक्का सुवाल, आर्मीकी रविना महर्जन, एपीएफकी अनिता महर्जन, पुलिसकी एलिना महर्जन, भारतकी ममता प्रभु र आर्मीकी दीक्षा तामाङले क्वार्टरफाइनलमा स्थान पक्का गरे । शुक्रबार क्वार्टरफाइनल र सेमिफाइनल खेल हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गृह मन्त्रालय नपाए सरकार छाड्ने रास्वपाको चेतावनी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ १७, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ १७, २०७९
स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?