‘तरलता आउनुमा बैंकहरूकै भूमिका’

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय क्षेत्रमा तरलता संकुचन आउनुमा बैंकहरूको ठूलो भूमिका रहेको निष्कर्ष निकालेको छ । परिषंघले अध्ययन गरी राष्ट्र बैंकसमक्ष बुझाएको तरलता अभावसम्बन्धी सुझावसहितको प्रतिवेदनमा बैंकहरूको पनि चोखा नभएको उल्लेख छ । यसैगरी, सेयर र घरजग्गाजस्ता अनुत्पादक क्षेत्रमा कर्जा बढ्दा तरलता संकट, सम्पूर्ण आयातमा शतप्रतिशत नगद मार्जिन रहेको निष्कर्ष पनि सिबिफिनको छ ।

बैंकहरूले अनुत्पादक वा कम उत्पादकत्व क्षेत्रका उच्च कर्जा प्रवाह गरेको र निक्षेपको लुछाचुँडीले पनि तरलता अभाव भएको औंल्याउँदै सिबिफिनको प्रतिवेदनमा भनिएको छ, ‘घरजग्गा, सेयर जस्ता सट्टेबाजी प्रकृतिको क्षेत्रमा हुने कर्जामा हुने कर्जा लगानीले आर्थिक क्षेत्रलाई चलायमान बनाउन र तरल सम्पत्ति कायम गर्न सहयोग पु¥याएको देखिँदैन ।’

आइतबार सो प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा सिबिफिनका अध्यक्ष पवन गोल्यानले यस्ता क्रियाकलापमा बैंकहरू दोषी रहेकाले अबका दिनमा सुध्रिनुपर्ने बताए । ‘केही बैंकहरूले चाहिनेभन्दा बढी नाफा कमाउन खोज्दा पनि यस्तो अवस्था आएको जानकारी गराउँदै अध्यक्ष गोल्यानले भने, ‘पछिल्लो समय बैंकिङ क्षेत्रमा आएका समस्याको जड स्वयं बैंक आफैं रहेको छ, तसर्थ धेरै कुराहरूमा हामी बैंकहरू नै सुध्रिनुपर्ने अवस्था छ ।’

यसैगरी, उनले आफूहरू पूर्ण रूपमा अनुशासनमा बसेर कारोबार गरेमा मात्र अरूलाई दोष लगाउँदा पनि उचित हुने बताए । त्यसैगरी, उनले पछिल्लो समय सरकारी कोषको रकम खर्च नहुनु, रेमिट्यान्स आप्रवाहमा कमी आउनु र देशको पैसा विभिन्न कारणले बाहिरिनुले पनि बैंकमा तरलता अभावको समस्या निम्तिएको बताए ।

यस्तो समस्या समाधानका लागि सरकारले नै स्वदेशी वस्तु प्रवद्र्धन र निर्यातमा ध्यान दिनुपर्ने भन्दै अध्यक्ष गोल्यानले राष्ट्र बैंकको नीतिमार्फत आयातमा गरिएको कडाइलाई अझ थप कडाइका साथ निरन्तरता दिनुपर्नेसमेत जोड दिए ।

सो कार्यक्रममा प्रतिवेदन तयारी समितिका संयोजक उपेन्द्र पौडेलले रेमिट्यान्स आप्रवाह बढाउन विभिन्न औजार प्रयोग गर्न सकिने, विभिन्न कारणले विदेशिने रकम नेपालमै रोक्ने र पर्याप्त रोजगारीको सिर्जना गर्न सके दीर्घकालीन रूपमा तरलता अभावको समस्या समाधान गर्न सकिने बताए । यसैगरी, उनले पछिल्लो समय बढेको अनुत्पादक क्षेत्रको लगानीलाई नियन्त्रण गरेर उत्पादकमूलक क्षेत्रमा लगानी गर्ने क्रियाकलापले पनि तरलता अभावको समस्या हटाउन सकिने धारणा राखे ।

अहिले मुलुकमा बैंकिङ तरलता अभावको समस्या एउटा मात्र नभई अनेकौं भएको भन्दै सिबिफिनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका सुझावहरू दिएको छ ।

यस्तो सुझाव सिबिफिनले राष्ट्र बैंकका गभर्नरलाई बुझाइसकेको छ । आइतबार सिबिफिनले पत्रकार सम्मेलन गरेर सो प्रतिवेदन सार्वजनिक गरेको हो । सिबिफिनले तयार पारेर बुझाएको सुझावहरू कुनै बैंक तथा वित्तीय संस्था आफैले लागू गर्नुपर्ने खालका छन् भने कुनै राष्ट्र बैंकले सम्बोधन गर्ने किसिमका छन् । कुनै नेपाल सरकारले लागू गर्नुपर्ने प्रकृतिका छन् । कुनै सबैको समन्वयात्मक पहलबाट सुल्झिन सक्ने खालको भएको सिबिफिनले जनाएको छ ।

यसैगरी, सिबिफिनले शैक्षिक क्षेत्र र श्रम बजारको विकास गर्नका लागि युवालाई आकर्षण गर्ने तथा विदेशी विद्यार्थी नेपाल ल्याउने व्यावहारिक योजना बनाई लागू गर्ने, बचत तथा ऋणसम्बन्धी कारोबार गर्ने सहकारीको नियमन र सुपरिवेक्षणका लागि नेपाल राष्ट्र बैंकमा भएजस्तै विज्ञ रहनेगरी विशेष नियमनकारी निकायको स्थापना गर्ने, नेपाललाई सफ्टवेयर आयात देशबाट निर्यात गर्ने देशमा रूपान्तरित गर्ने, कृषि र विपन्न वर्ग कर्जामा गएको लगानीको प्रभावकारिता र सदुपयोगिताको अध्ययन गर्ने लगायतका ’boutमा दीर्घकालीन सुझाव दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 318 times, 1 visits today)

epaper

ताजा समाचार

वैधानिकतावारे उठेको आरोपको स्वतन्त्र छानबिन गर्न कांग्रेसको माग