तनहुँ । आमा छोरी झुन्डिएको अबस्थामा फेलापरेका छन् । जिल्ला स्थित ब्यास न.पा १३ पोखरिभञ्याङ बस्ने बर्ष -२३ को पुनम परियार र उनको आफ्नै छोरी बर्ष- २ की पुजा परियार झुन्डिएको अबस्थामा फेला परेका हुन्।
उनीहरु आफ्नै घरको दोस्रो तल्लाको बलोमा आफैंले लगाएको साडिको पासो लगाई बिहीबार दिउँसो ३ बजे छोरी सहित एकैठाँउमा झुण्डिएर मृत अबस्थामा भेटिएका थिए।
एकै घरका दुईजना झुन्डिएको भन्ने खबर प्राप्त भए सगै जिल्ला प्रहरी कार्यालय दमौलीकि प्रहरी निरीक्षक सबिता के.सी को कमाण्डमा ५ जनाको टोलि तत्कालै घटना स्थलमा पुगेका थिए।
मृतकद्धय आमाछोरीको साँझ ७ बजे मुचुल्का पश्चात लाश पोष्टमार्टमको लागि जिल्ला अस्पताल दमौली ल्याईएको छ।
घटनाको ’boutमा थप छानबिन र अनुसन्धान अधि बडाईएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले वताए।