फिल्म फ्लप भएपछि बरुणको बिहे रोकियो

मुम्बई । बलिउड अभिनेता वरुण धवनको अर्को महिना हुने भनिएको विवाह केही समयका लागि स्थगित भएको छ । यतिबेला यी अभिनेता गत साता रिलिज भएको आफ्नो फिल्म ‘स्ट्रिट डान्स थ्री डी’ असफलताको पीडामा छन् ।

आफ्नी प्रेमिका नताशा दलालसँग उनी अर्को महिना मार्चमा विवाहको तयारीमा थिए । सो विवाहको लागि उनले थाइल्यान्डको एउटा पाँचतारे होटलसमेत बुक गरिसकेका थिए । विवाहको तयारी हुँदै गर्दा उनले केही समयको लागि आफ्नो विवाह रोकेको छन् ।

यी अभिनेताको गत वर्ष फिलम कलंक व्यावसायिक रूपमा पूर्ण असफल भयो । सो फिल्मपछि निकै सजक भएका वरुणलाई आफ्नो नयाँ फिल्म ‘स्ट्रिट डान्स थ्री डी’ हिट हुन्छ जस्तो लागेको थियो ।

तर यो फिल्म पनि बक्स अफिसमा यतिबेला फ्लप भएको छ । १ सय करोडको लगानीमा बनेको फिल्म ‘स्ट्रिट डान्स थ्री डी’ले बक्स अफिसमा दुई सातामा जम्मा ६८ करोडको मात्र ग्रस व्यापार गरेको छ । यसरी आफ्नो महत्वाकांक्षी फिल्म पनि असफल भएपछि उनको तत्काल विवाह गर्ने योजना रोकिएको छ ।

आफ्नो गृह ब्यानरको फिल्म कुली नम्बर १ मा पनि यी अभिनेता काम गरिरहेका छन् । विवाहका लागि धवन परिवार र दलाल परिवारसमेत तयारीमा जुटेको बेला वरुण आफैंले केही पछि गरौं भनी मार्चको मितिमा विवाह स्थागित गरेका हुन् ।

उनले पारिवारसँग पनि सल्लाह नगरी केही समयका लागि विवाह रोकेका हुन् । अब विवाह कहिले हुन्छ भनेर उनले नयाँ मिति सार्वजनिक गरेका छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन सम्बन्धी टिकटक बनाएर ५० लाख दर्शक पुर्‍याउनेलाई ५० हजार पुरस्कार !