देशभर २५१ जना कोरोना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९२ नमूना परीक्षण गर्दा २२४ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार थप २५१ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घन्टामा ९६ हजार ८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सोही अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ ।

हाल नेपालमा कोरोनाका सक्रिय संक्रमित ५ हजार ६ सय ९२ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 242 times, 1 visits today)

epaper

ताजा समाचार

इंग्ल्यान्डविरुद्ध ‘भाग्यमानी निलो जर्सी’मै किन उत्रँदै छ अर्जेन्टिना ?