सेल्फी किङ र साङ्लोबीच प्रतिस्पर्धा

काठमाडौं । शुक्रबारबाट दुई नेपाली चलचित्र एक साथ रिलिज हुने भएका छन् । विपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किङ’ र विराज भट्ट निर्देशित चलचित्र ‘साङ्लो’ शुक्रबारबाट मुलुकका सिनेमा हलमा रिलिज हुन लागेको हो । यी दुई चलचित्रबीच राम्रो प्रतिस्पर्धा हुने देखिएको छ ।

केही समय यताबाट सुस्ताएको नेपाली चलचित्र बजार अबबाट तान्ने आशा गरिएको छ । अभिनेता विराजले चलचित्र रिलिज’bout भने,‘सेल्फी किङले मल्टी प्लेक्समा बढी शो पाएको छ भने मल्टी प्लेक्स र सिंग गरेर हामीले समग्रहमा बढी सो पाएका छौं । चलचित्र साङ्लोले देशभर ९० भन्दा बढी सिनेमा हल पाएको छ ।’

आफ्नो चलचित्र एक्सन प्रधान र प्रेम कथामा आधारित सामाजिक विषयवस्तुमा केन्द्रित रहेको बिराजले बताए । यो चलचित्रको निर्माता र निर्देशक पनि बिराज आफैं हुन् । आफुलाई मन परेको विषयवस्तु भएको र चलचित्रमा काम गरेको दुई दशकको अनुभवको आधारमा यो चलचित्र निर्देशन गरेको पनि विराजले बताए । चलचित्रमा निर्माता र नायक पनि उनी आफैं हुन् ।

विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रमा विराजसँगै पूर्वमिस नेपाल निकिता चन्डकले नायिकाको रूपमा काम गरेकी छन् । यसमा प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, रमेशचन्द सोडोरीसहितका कलाकारको पनि मुख्य भूमिका छ । सिनेमालाई मानकृष्ण महर्जनले छायांकन गरेका हुन् । ‘साङ्लो’को छायांकन डोटीसहित मुस्ताङ, काठमाडौं, धनगढीलगायतका क्षेत्रमा गरिएको हो । यो चलचित्रमा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुको संगीत, शिबम अधिकारीको पटकथा तथा संवाद, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

यस्तै, शुक्रबारबाट रिलिज हुने चलचित्र ‘सेल्फी किंङ’ मुलुकका ६ दर्जनभन्दा बढी हलबाट रिलिज हुन लागेको यसका निर्माता दिनेश राउतले बताएका छन् । बुधबार बेलुका काठमाडौंमा प्रिमियर सो गरिएको यो चलचित्रले सिनेकर्मी र दर्शकबाट प्रिमियर सोमा राम्रो प्रतिक्रिया पायो ।

यो चलचित्रमा सेल्फी किङको भूमिकामा अभिनेता विपिन कार्की छन् । सेल्फी किंङको नामले परिचित एक चर्चित हास्य कलाकार (टेलिभिजन)ले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यो चलचित्रमा छ । त्यो कलाकारको तीनको यात्राको कथा यसमा प्रस्तुत गरिएको छ ।

कमेडी ड्रामा जनराको चलचित्रलाई विशाल सापकोटाले निर्देशन गरेका छन् । विशालको यो डेब्यु चलचित्र हो । चलचित्रमा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय छ ।

अभिनेत्री केकी अधिकारीले विशेष भूमिकामा छिन् । यसका निर्माता सुभास थापा र दिनेश राउत हुन् । यसमा निर्देशक विशालकै लेखन, सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुसालको संगीत, बी पाण्डेको शब्द, अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी छ ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

गठबन्धनमभित्र ‘पावर सेयरिङ’ बैठक तीब्र

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९