पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न महासंघको माग

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गरेको छ । मूल्य वृद्धि तत्काल फिर्ता वा भाडा समायोजन नगरिए सात दिनभित्र देशैभर ढुवानी ठप्प पार्ने चेतावनी महासंघले दिएको छ ।

फिर्ता नभए देशैभर ढुवानी ठप्प पार्ने चेतावनी

नेपाल ट्रक यातायात व्यवसायी महासंघको बिहीबार बसेको बैठकले मूल्य वृद्धि फिर्ता लिन माग गर्ने निर्णय गरेको हो । महासंघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले ढुवानी व्यवसाय संकटमा परेको भन्दै तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् ।

महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले प्रेस विज्ञप्ति जारी गर्दै मूल्यवृद्धिले नेपाल ट्रक यातायात व्यवसायीलाई निकै समस्यामा पारेको उल्लेख गरेका छन् ।

व्यवसायीले यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई ढुवानी व्यवसायीको समस्या’bout हामीले अवगत गराएको जनाएका छन् । ‘उहाँ सकारात्मक नै हुनुहुन्छ, वास्तविक समस्या हल हुने हामीले आशा लिएका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 278 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपाले सार्वजनिक गर्यो घोषणापत्र, भन्यो– नेपाल बहुराष्ट्रिय मुलुक हो, भावनात्मक रुपमा एक हुन सकेन