फोटो खिच्दा तमोर नदीमा बेपत्ता व्यक्ति एपीएफ टोलीद्वारा फेला

धनकुटा । फोटो खिच्ने क्रममा लडेर तमोर नदीमा बेपत्ता भएका भारतीय नागरिक २६ वर्षीय भिनित शर्माको शव एपीएफ टोलीले सात दिनपछि शुक्रबार फेला पारेको छ ।

नोवेल मेडिकल कलेज विराटनगरमा अध्ययनरत निज शर्मा फागुन २४ गते सो नदी किनारमा फोटो खिच्ने क्रममा खसेका थिए । सो ’bout जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेक्वा छिन्ताङ्ग धनकुटाबाट
सशस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्यसहित एपीएफ अधिकृत, विल्लादार तथा जवानहरु निरन्तर खोजी तथा उद्वार कार्यमा जुटेका थिए ।

उद्वार कार्यका लागि तीन जना गोताखोरसहित १५ जना विपद् व्यवस्थापन तालिम प्राप्त उद्वार टोली आवश्यक उद्वार सामाग्रीसहित खटिएको थियो । एपीएफ टोलीले निरन्तरको प्रयासपछि सहिदभूमि गाउँपालिका वडा नं. १ स्थित
गोपालपुर भन्ने ठाउँबाट सशस्त्र प्रहरी सहायक निरीक्षक मनोज श्रेष्ठको कमाण्डमा रहेको एपीएफ टोलीले शुक्रबार दिउँसो निज शर्माको शव फेला पारेको हो । त्यस ठाउँमा ती व्यक्तिको शव भेटिएपछि एपीएफ टोलीले डोरी तथा स्टे«चरको
सहायताले शवलाई निकालेको हो ।

सो नदीको वहाव तीब्र भएको कारण उद्वार कार्यमा कठिनाईका बाबजुद एपीएफ टोली अथक मेहनतकासाथ उद्धार कार्यमा जुटेको थियो । त्यस ठाउँमा हुने यस्ता घटना दुर्घटनाका बेला उत्कृष्ट उद्वार कार्यका लागि चौविसै घण्टा एपीएफ टोली उच्च सतर्कतामा राखिएको छ ।

यसैबीच सो घटना’bout जानकारी पाउनासाथै गोताखोरसहितको एपीएफ टोली परिचालन गरिएको हो । सशस्त्र प्रहरी बलका ती गोताखोर जमेको पानी वा पोखरीमा ७० फिट गहिराई सम्म पुगेर खोजी तथा उद्वार कार्य गर्नसक्ने क्षमता राख्छन् । उनीहरुले एक पटक पानीभित्र पसेपछि लगातार रुपमा ४५ मिनेटसम्म खोजीकार्य गर्न सक्ने हुन्छ ।

निकै जोखिमपूर्ण रहेको नदीभित्र खोजी तथा उद्वार कार्यका लागि ती गोताखोरले रवरबोट, अक्सिजन सिलिण्डर, प्रेसरगेज, डेब्थगेज, वेटसुट, फिन्स, ग्लोब्स, सर्चलाईट, माउथपिस लगायतका विभिन्न उद्वार सामाग्री प्रयोग गर्ने गरेका छन् ।

खोजीकार्यमा एपीएफ टोलीलाई स्थानीय जनता तथा अन्य निकायहरुले समेत सहयोग पु¥याएका थिए । ती व्यक्ति सो नदिमा खसेको सात दिन हुँदा समेत एपीएफ टोली दिनहुँ खोजीकार्यमा सकृयताकासाथ जुटेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

epaper

ताजा समाचार

युवेन्द्र शाक्य र गङ्गा गौतमको नयाँ गीतले खिच्यो दर्शकको ध्यान