नेविसंघ र तरुण दलमा नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दललाई नेतृत्व प्रदान गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दल अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई नियुक्त गरेका हुन् ।

केन्द्रीय तदर्थ समितिको रूप दिइएको यो नेतृत्वले तीनै तहको निर्वाचन सम्पन्न भएको तीन महिनाभित्रमा नेविसंघ र तरुण दलको महाधिवेशन सम्पन्न गर्ने म्यान्डेड पाएको छ । केन्द्रीय कार्यसम्पादन समितिको गत ३ फागुनमा बसेको बैठकको निर्णयअनुसार रिक्त रहेको भ्रातृ संस्थालाई सभापतिले नेतृत्व दिएका हुन् ।

तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने पार्टी मुख्य सचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 410 times, 1 visits today)

epaper

ताजा समाचार

आज यी ११ प्रमुख राजमार्ग अवरुद्ध