बिमा कम्पनीहरूलाई पुँजी बढाउन निर्देशन

काठमाडौं । बिमा कम्पनीहरूको नियामक निकाय बिमा समितिले जीवन र निर्जीवन बिमा कम्पनीको पूँजी वृद्धि गर्ने निर्णय गरेको छ । एक महिनाभित्र कम्पनीहरूलाई पुँजीवृद्धिको योजनासहितको विवरण समितिमा पेस गर्न बिमा समितिले निर्देशन दिएको छ ।

समितिले त्यसलाई बढाएर समितिले जीवन बिमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बिमा कम्पनीका लागि २ अर्ब ५० करोड रूपैयाँ चुक्तापुँजी कायम गर्न निर्देशन दिएको हो । यसअघि जीवन बिमाका लागि २ अर्ब र निर्जीवन बिमा कम्पनीका लागि १ अर्ब रूपैयाँ चुक्तापुँजी हुनुपर्ने व्यवस्था थियो ।

बिमा समितिको निर्देशनसँगै अब बिमा कम्पनीले हकप्रद सेयर जारी वा मर्जरमा जानेछन् ।

‘यसले कम्पनीहरूलाई एकअर्कामा गाभ्ने गाभिने अनुकूल वातावरण सिर्जना भर्ई उपयुक्त संख्यामा राख्न तथा पुँजीगत आधार बलियो बनाउन, ठूलो पुँजी भएमा सेवाको लागत कम भई बिमाको पहुँच विस्तार गर्न, ठूलो पुँजी कायम गरी कम्पनीबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पुँजीसँग सामन्जस्यता हुनेछ,’ समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सो चुक्तापुँजी २०७९ साल चैत्र मसान्तसम्ममा कायम गरिसक्नुपर्ने र नसक्ने कम्पनीले ‘बिमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६’ बमोजिम पुँजी कायम गर्नुपर्ने समितिले जनाएको छ । यसैगरी, विदेशी बिमकका रूपमा दर्ता भई सञ्चालनमा रहेका बिमकले बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३ को दफा ४ बमोजिम तोकिएको न्यूनतम चुक्ता पुँजीबराबरको निर्धारित पुँजी कायम गर्ने र संयुक्त लगानीमा सञ्चालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लिखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गर्ने व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 288 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
संसद विघटन गर्ने ओलीलाई किन भोट दिने : देउवा